back
skip this Samagra

आर्थिक मन्दीको असर बीमा बजारमा

काठमाडौं । आर्थिक बर्ष २०२३/ २४ मा ग्लोबल प्रिमियम (विश्वभरको बीमाशुल्क) संकलन २.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

विश्वको सबैभन्दा ठुलो पुनर्बीमा कम्पनी स्वीस रि अन्तरगतको स्वीस रि इन्सीच्यूटले गरेको एक अध्यनले यस्तो देखाएको हो ।

अध्यनअनुसार २०२२ मा भने ग्लोबल बीमाशुल्क संकलन ०.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

यद्यपि, यसलाई प्रमाणित गर्ने तथ्यांक भने आउन बाँकी नै छ । तर, विश्वव्यापी आर्थिक मन्दी, महंगी लगायतका कारण २०२२ मा विश्व बजारको बीमा व्यवसाय घट्ने अनुमान स्वीस रिले गरेको छ । यद्यपि, आगामी आव २०२३/२४ मा विश्वव्यापी बीमाशुल्क बढ्ने स्वीस रिको अनुमान छ ।

त्यसमा पनि सन् २०२३ मा जीवन बीमा तर्फको बीमाशुल्क १.७ प्रतिशतले बढ्ने अनुमान छ । निर्जीवन बीमा तर्फको बीमाशुल्क संकलन भने २.३ प्रतिशतले बढ्ने पुर्व अनुमान गरिएको छ ।
तर, बर्ष २०२२ मा भने जीवन बीमा १.९ प्रतिशतले घट्ने अनुमानित प्रक्षेपण गरिएको छ । यसको रिर्पोट आउन बाँकी छ । यद्यपि, निर्जीवन बीमा भने ०.९ प्रतिशतले बढ्ने स्वीस रिको एक तथ्यांकमा उल्लेख छ ।

निर्जीवनमा किन पर्यो असर ?

बिशेषगरि विश्वव्यापी आर्थिक मंदी, महंगीका कारण सन् २०२२ मा निर्जीवन बीमाशुल्क वृद्धिदर कम हुने बताइएको छ । सो वर्षमा निर्जीवन बीमाशुल्क वृद्धिदर १ प्रतिशत कम हुने बताइएको छ । यस्तै, सन् २०२२ मा लगानीको प्रतिफल पनि कम हुने बताइएको छ । यद्यपि, मुद्रास्फीती सहज हुदैं गएमा बीमा व्यवसायमा सुधार आउँदै जाने उल्लेख गरिएको छ ।

२०२३ र २०२४ मा जीवन बीमा व्यवसायमा सुधार

बढ्दो विश्व व्यापी महंगहीका कारण उपभोक्क्ताहरुको जीवनयापनमा लागत बढ्को छ, फलस्वरुप सन् २०२२ मा विश्वव्यापी जीवन बीमा व्यवसाय पनि घट्ने प्रतिवेदनम उल्लेख छ ।

उक्त अवधिमा विश्वको जीवन बीमा व्यवसाय १.९५ प्रतिशतले घट्ने स्वीस रिको अनुमान छ । यद्यपि, बढ्दो महंगी, व्याजदर तथा कोभिड मृत्युदर कम हुदैं गएर सन् २०२३ र २०२४ मा जीवन बीमा व्यवसायमा सुधार आउने बताइएको छ ।

 

 


सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१५

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

बैंक  ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

बैंक ब्याजदर : तालिकामा हेर्नुस्, कुन बैंकको ब्याजदर कति छ ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०८

काठमाडौं । पछिल्लो समय बैंकहरुले ब्याजदर घटाएका छन् । २०८१...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...