back

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं । आजदेखि (पुस १७ गते) कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् ।

बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फबाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालकबाट अध्यक्ष चुनिने बताइएको छ ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ ।

कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

मर्जर पछि डाटा माईग्रेसन प्रयोजनको लागि पुष १५ र पुष १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द गरेका थिए ।

 

khanepani

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो

वि.सं.२०७९ माघ १२ बिहीवार ११:०४

काठमाडौं । साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर...

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०७९ माघ ११ बुधवार १०:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

गभर्नर अधिकारीको प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ?

गभर्नर अधिकारीको प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ?

वि.सं.२०७९ माघ ११ बुधवार १०:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारी बैंकहरु...

आर्थिक मन्दीको असर बीमा बजारमा

आर्थिक मन्दीको असर बीमा बजारमा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:३१

काठमाडौं । आर्थिक बर्ष २०२३/ २४ मा ग्लोबल प्रिमियम (विश्वभरको...

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

वि.सं.२०७९ पुस ३० शनिवार २०:२५

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने...

१९.११ प्रतिशत लाभांश पारित गर्दै हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

१९.११ प्रतिशत लाभांश पारित गर्दै हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:४१

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको...