back

मर्ज हुँदै नबिल इन्भेष्टमेन्ट र बङ्गलादेश क्यापिटल, स्वाप रेसियो कति छ ?

काठमाडौं। नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बङ्गलादेश क्यापिटल मर्ज हुने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि यी दुवै बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंक्गिले नेपाल बंगलादेश क्यापिटललाई मर्ज हुने भएका हुन् ।

माउ कम्पनी मर्जर भएपछि नेपाल धितोपत्र बोर्डको नियम अनुसार अनिवार्य मर्जरमा जानु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार यी कम्पनी मर्जर हुने भएका हुन् ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलबीच गाभ्ने तथा प्राप्ति गर्ने गरिएको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदनमा सेयर आदानप्रदान अनुपात १ः०.२७ स्वाप रेसियो निर्धारण गरिएको छ । अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ सेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको ०.२७ सेयर हुनेछ ।

दुवै कम्पनीले मर्जर तथा एक्विजिशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा मंसिर १८ गते बोलाएका हुन् ।

नबिल इन्भेष्टमेन्ट बैंक्गिको कम्पनीको नक्साल र नेपाल बङ्गलादेश क्यापिटलको नबिल बैंकको केन्द्रिय कार्यालय तिनधारा काठमाडौंमा १० बजे सभा बोलाइएको छ ।

सभाले नबिल इन्भेष्टमेण्ट बैकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटल गाभ्न तथा प्राप्ति गर्न सञ्चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याकनकर्ताको नियुक्ति तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरूलाई अनुमोदन गर्ने छ ।

यस्तै, सभाले दुवै कम्पनीको मर्जर पश्चात् जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रको विभिन्न दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने र १ः०.२७ स्वाप रेसियो अनुमोदन गर्नेछ ।

यस्तै, सभाले नेपाल बङ्गलादेश क्यापिटललाई प्राप्ति गर्ने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयमा अन्तिम स्वीकृतिको लागि निवेदन दिने र अन्य सम्पूर्ण आवश्यक कार्यहरू सम्पन्न गराउन एवं प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका विभिन्न नियमनकारी निकायबाट स्वीकृति लिने र अभिलेख गर्ने क्रममा भए गरेका काम कारवाही वा पूँजी संरचना वा प्रबन्धपत्र तथा नियमावलीको संशोधनका सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भए सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

khanepani

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा २८.४४ प्रतिशतले बढ्यो

वि.सं.२०७९ माघ १२ बिहीवार ११:०४

काठमाडौं । साबिकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकबीच मर्जर...

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०७९ माघ ११ बुधवार १०:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

गभर्नर अधिकारीको प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ?

गभर्नर अधिकारीको प्रश्न : सरकारी बैंकले मर्जरको आवश्यकता र फाइदा नबुझेको हो कि ?

वि.सं.२०७९ माघ ११ बुधवार १०:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारी बैंकहरु...

आर्थिक मन्दीको असर बीमा बजारमा

आर्थिक मन्दीको असर बीमा बजारमा

वि.सं.२०७९ माघ ५ बिहीवार १०:३१

काठमाडौं । आर्थिक बर्ष २०२३/ २४ मा ग्लोबल प्रिमियम (विश्वभरको...

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

वि.सं.२०७९ पुस ३० शनिवार २०:२५

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने...

१९.११ प्रतिशत लाभांश पारित गर्दै हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

१९.११ प्रतिशत लाभांश पारित गर्दै हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०७९ पुस २९ शुक्रवार ०९:४१

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको...