back

आइएमई पे को नयाँ योजना सार्वजनिक, हवाई टिकट काट्दा क्यासब्याक र ३०० सम्म छुट पाउने

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त ३०० रुपैयाँसम्म छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।

नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशत सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गन्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् ।

त्यस्तै, फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै ३०० रुपैयाँसम्म अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

“आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

 


भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार ११:४९

नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १४ बिहीवार १०:५४

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम...

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४७

काठमाडौं। सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश...

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२३

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...