back

नेपालकै पहिलो दिपलको उड्ने ट्याक्सी, भोलि प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै

nactional life

काठमाडौं । भोलि मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा नेपालकै पहिलो इभीटोल दिपलको उड्ने ट्याक्सीलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्नुहुने भएको छ । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इभीटोल -इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग लाई नाडा अटो सोमा प्रदर्शनीमा राख्न लागेको हो ।

एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ ।

नाडामा दिपलका मार्केट डिस्रप्टर इभीहरु
नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ ।

नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । यस वर्ष प्रधानमन्त्री ज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयंम्मा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भन्नु भयो, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

हुन्डाईले ल्यायो वल्ड कप टु वल्ड कप अफर, ४ लाखसम्म छुट र बोनस

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४१

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल...

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव

वि.सं.२०८३ जेठ २४ आइतवार १७:००

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय...

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

सुजुकी समर सर्भिस क्याम्प सुरु हुँदै, विशेष छुटसहित नगरकोटमा लक्जरी स्टेकेसन जित्ने अवसर

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:२१

काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रालिले...

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

बजेटप्रति नाडाको प्रतिक्रिया : कर नीतिले सवारीसाधन महँगिने चिन्ता

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१७

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आर्थिक...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:०१

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स...

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नयाँ ‘ओमोडा ई फाइभ प्रो’ इलेक्ट्रिक एसयूभी सार्वजनिक

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५३

काठमाडौं । एसपीजी अटोमोबाइल्सले नेपालमा नयाँ ओमोडा ई फाइभ प्रो...