back

अटो व्यवसायीको नयाँ सङ्गठन ‘नाइमा’ औपचारिक रूपमा सार्वजनिक, अध्यक्षमा ऋतुसिंह वैद्य

काठमाडौँ । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ सङ्गठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक सङ्घ (नाइमा) को औपचारिक घोषणा गरिएको छ ।

‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ को सन्देशका साथ आज ‘नाइमा’ औपचारिक रूपमा शुभारम्भ गरिएको हो । नाइमाको पहिलो अध्यक्ष तथा नेपालको अटोमोटिभ क्षेत्रमा यो पद सम्हाल्ने पहिलो महिला ऋतुसिंह वैद्य हुनुहुन्छ । घोषणासभामा उहाँले सङ्गठनको दृष्टिकोण, लक्ष्य र पाँच आधारभूत स्तम्भबारेमा अवगत गराउनुभएको थियो ।

अध्यक्ष वैद्यले नाइमाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको मोबिलिटी क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व गर्न, रणनीतिक सहकार्य, विकास र पैरवी गर्न एकीकृत मञ्चका रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष वैद्यले नाइमाका संस्थापक कार्यसमिति सदस्यहरू सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीपकुमार शारडा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काब्रालाई परिचय गराउनुभएको थियो ।

साथै कार्यक्रममा नाइमाले आगामी साउन २१ देखि २५ गतेसम्म आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पोको औपचारिक घोषणा गरिएको थियो । नाइमा अटो शो समितिका सदस्य गौरव शारडाले एक्स्पोको लोगो र कार्यक्रमबारेमा सार्वजनिक गर्नुभएको थियो ।

नेपाल मोबिलिटी एक्स्पोले अत्याधुनिक मोबिलिटी समाधान र नेपालमा विकसित हुँदै गइरहेको मोबिलिटी संस्कृति प्रदर्शन गर्ने एक कोशेढुङ्गा सावित हुने बताइएको छ ।


नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित

वि.सं.२०८२ जेठ ३ शनिवार २०:२६

काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट...

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने : अध्यक्ष लिङदेन

वि.सं.२०८२ जेठ २ शुक्रवार १५:०२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र...

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

वि.सं.२०८२ वैशाख ३१ बुधवार १२:३३

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश...

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टुर्सलाई १८ जुबाओ भ्यान डेलिभरी

वि.सं.२०८२ वैशाख ३० मंगलवार १२:५७

काठमाडौं । नेपालका लागि जुबाओ विद्युतीय भ्यानको आधिकारिक बिक्रेता आर्क्स...

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

फेकनको सदस्य भएपछि शिवाकोटीले संस्थालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने

वि.सं.२०८२ वैशाख २५ बिहीवार १७:४१

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को शनिबार...