back
skip this Samagra

बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधीले अर्थमन्त्री विष्णु पौडलसँग भेट गरेका छन् ।

नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको पदाधिकारी सहतिको प्रतिनिधी मण्डलले सोमवार पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेका हुन् ।

सो छलफलको क्रममा मन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गर्ने आश्वासन दिए ।

अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गर्दा मन्त्री पौडेलबाट यस्तो प्रतिक्रिया आएको हो ।

त्यसैगरी थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था कायमै रहेको, लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी गुमाउनु परेको, नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि ३ हजार हाराहारी सवारी साधनहरुको भन्सार जाँचपास हुन नसकेको विषय उठाएका थिए ।

व्यवसायीले मन्त्रि समक्ष अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनु पर्ने र चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गरेका थिए ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न इण्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

उक्त भेटघाट तथा छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

 


सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

यस्ता छन् अर्थमन्त्रीलाई नाडाको १७ बुँदे सुझाव

वि.सं.२०८० माघ १६ मंगलवार २१:३७

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका केन्द्रीय पदाधिकारीहरूले अर्थमन्त्री...