back

स्टार्ट गर्न चावी नचाहिने फिचर सहित आयो होन्डा एक्टिभा एच–स्मार्ट, कति छ मूल्य ?

काठमाडौं । जापनिज टु ह्विलर निर्माता होण्डाले भारतमा आज नयाँ स्कुटर लन्च गरेको छ ।

होन्डाले ११० सिसी सेग्मेन्टमा पहिलो पटक किलेस फिचर दिएर एक्टिभा एच–स्मार्टलाई लन्च गरेको हो ।

किलेस फिचर वाहेक यसमा अन्य थुप्रै स्मार्ट फिचर दिइएको छ ।

यो नयाँ स्कुटरलाई चावी वेगरनै स्टार्ट गर्न सकिन्छ । इलेक्ट्रोनिक की फवको साहयतामा स्कुटर स्टार्ट गर्नदेखी ह्यान्डल वार, फ्यूल फिलर क्याप र अन्डर सिट स्टोरेजलाई अनलक समेत गर्न मिल्छ ।

जसका लागी यसको की फवमा विभिन्न अप्सनहरु दिइएको छ ।

प्राय कारमा प्रयोग हुँदै आइरहेको यो फिचरलाई होन्डाले पहिलोपटक एच–स्मार्टमा दिएको हो । यो स्मार्ट फिचर वाहेक स्कुटरमा अलोई ह्विल समेत उपलब्ध गराइएको छ ।

जसले स्कुटरलको लुक्समा निखारपन दिएको छ । यो स्कुटरको उत्पादन होण्डाले अवको केही दिनपछि शुरु गर्ने र लगत्तै बिक्रीका लागी शोरुममा पठाउने वताएको छ ।

भारतमा २० वर्षदेखी बिक्री हुँदै आएको एक्टिभा स्कुटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मोडल हो ।

नेपाली बजारमा समेत बिक्री हुँदै आएको एक्टिभाको यो नयाँ मोडल अवको केही समयपछि यहाँको बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

यो नयाँ स्कुटरको मूल्य ८० हजार ५३७ भारु निर्धारण गरिएको छ ।

 

khanepani

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

वि.सं.२०७९ माघ ११ बुधवार १०:५९

काठमाडौं । होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी...

बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

वि.सं.२०७९ माघ ११ बुधवार १०:३६

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

फोर्स मोटर्सले पोखरामा खोल्यो अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

फोर्स मोटर्सले पोखरामा खोल्यो अन्तराष्ट्रिय स्तरको सर्भिस सेन्टर

वि.सं.२०७९ माघ १० मंगलवार ०९:३०

काठमाडौं । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल...

विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु

विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु

वि.सं.२०७९ पुस २१ बिहीवार १०:५३

काठमाडौं । चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना...

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन (मूल्यसहित)

यी फिचर थप भएर सार्वजनिक भयो एस प्रेसोको एक्स्ट्रा एडिसन (मूल्यसहित)

वि.सं.२०७९ पुस १७ आइतवार २२:५१

काठमाडौं। मारुती सुजीकीले आफ्नो लोकप्रिय ह्याचव्याक कार एस प्रेसोको नयाँ...

नेपाली अटोमोबाइल व्यवसायमा २०२२ः प्रतिबन्ध, अटो लोन, आन्दोलन

नेपाली अटोमोबाइल व्यवसायमा २०२२ः प्रतिबन्ध, अटो लोन, आन्दोलन

वि.सं.२०७९ पुस १७ आइतवार २२:४६

अंग्रेजी वर्ष २०२२ अटोमोबाइल व्यवसायीका लागि भने कुनै पनि कोणबाट...