back

विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु

काठमाडौं । चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी सुरु भएको छ।

लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी मोट्रेक्सबीच योजना कार्यान्वयन सम्झौता अन्तिम चरणमा पुगेको जनाइएको छ।

करिब एक महिनाभित्र सम्झौता हुने तयारी भइरहेको बोर्ड स्रोतले बतायो।

तर, बोर्ड सहप्रवक्ता रमेश अधिकारीले कम्पनी र बोर्डबीच योजना कार्यान्वयन सम्झौता वार्ताकै चरणमा रहेकाले अहिले भन्न नसक्ने बताए।

२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर ए मा १० अर्ब ५४ करोड लगानीमा नेपालमा कम्पनी सुरुवात गर्नेछ।

यो प्रत्यक्ष वैदेशिक लगानी हुनेछ। कम्पनीले १० वर्षमा ५० हजार युनिट र पाँच वर्षमा २० हजार युनिट यात्रुवाहक तथा व्यावसायिक गाडी उत्पादन गर्ने लक्ष्य लिएको छ। कम्पनीले नेपालमा नै पहिलोपटक विद्युतीय गाडीको पनि पाटपुर्जा एसेम्बल गर्ने पनि जनाएको छ।

योजना कार्यान्वयन सम्झौता भए करिब तीन वर्षपछि कम्पनीले उत्पादन सुरु गर्नु पर्नेछ। मोट्रेक्सले किया र हुन्डाई गाडीका पाटपुर्जा विश्वभर बिक्री वितरण गर्दै आइरहेको छ।

बोर्डको ५१औं बैठकले भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोटे«क्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो।

मोटे«क्स कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।


Kageshwori manohara
बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित...

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

वि.सं.२०८० मंसिर ६ बुधवार १४:१६

ललितपुर । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ...

इकोविट विद्युतीय स्कुटर खरिद गर्न माछापुच्छ्रे बैंकले कर्जा दिने,एक्स्चेन्जको पनि सुविधा

इकोविट विद्युतीय स्कुटर खरिद गर्न माछापुच्छ्रे बैंकले कर्जा दिने,एक्स्चेन्जको पनि सुविधा

वि.सं.२०८० साउन १५ सोमवार १३:५७

काठमाडौं । ग्लोबल सेभेन प्रा. लि उत्तरढोकाले इटालियन ब्राण्ड इकोविट...

बजाजका नयाँँ–नयाँँ विशेषतासहितको अत्याधुनिक दुई नयाँ मोटरसाइकल सार्वजनिक, कुनको मूल्य कति पर्छ ?

बजाजका नयाँँ–नयाँँ विशेषतासहितको अत्याधुनिक दुई नयाँ मोटरसाइकल सार्वजनिक, कुनको मूल्य कति पर्छ ?

वि.सं.२०८० असार २१ बिहीवार २२:०९

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज...

अटोमोवाइल क्षेत्रका कर्मचारी र प्राविधिकहरुलाई वृहत तालिम संचालन गर्दै नाडा

अटोमोवाइल क्षेत्रका कर्मचारी र प्राविधिकहरुलाई वृहत तालिम संचालन गर्दै नाडा

वि.सं.२०८० जेठ ३२ बिहीवार १४:०५

काडमाडौं । नाडा र इनस्योरविच अटोमोवाल क्षेत्रका कर्मचारी तथा प्राविधिकहरुलाई...

टीभीएस एन्टर्क स्कुटरमा नेपाली टायर ‘डेल्टा’ प्रयोग गर्न सकिने

टीभीएस एन्टर्क स्कुटरमा नेपाली टायर ‘डेल्टा’ प्रयोग गर्न सकिने

वि.सं.२०८० जेठ २९ सोमवार १४:३७

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क...