back
skip this Samagra

नेपाली अटोमोबाइल व्यवसायमा २०२२ः प्रतिबन्ध, अटो लोन, आन्दोलन

अंग्रेजी वर्ष २०२२ अटोमोबाइल व्यवसायीका लागि भने कुनै पनि कोणबाट सन्तोषजनक देखिएन ।

वर्षको झन्डै ९ महिनासम्म कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यानको साथै १५० सीसी माथिका मोटरसाइकल आयात हुन नपाएपछि सवारी बजारमात्र प्रभावित बनेन, राष्ट्र बैंकले गरेको कडाई र आर्थिक मन्दीका कारण स्पेयर पार्ट्स व्यवसायमा समेत ठूलै धक्का लाग्यो ।

कम्वस्चन इन्जिनयुक्त गाडीमा आयात प्रतिबन्ध लागेपनि इलेक्ट्रिक कारमा भने सरकार उदार देखिएका कारण यस्ता गाडीको बिक्रीले भने नयाँ रेकर्ड हासिल गरेको छ ।

यो वर्ष २ हजार ५०० हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । अघिल्लो वर्ष यो संख्या १ हजार ५०० हाराहारीमा रहेको थियो ।

बजेटमा १०० किलोवाट माथिका मोटर जडित यस्ता कारमा लाग्दै आएकोे भन्सार र अन्तःशुल्क दर भारी मात्राले बढेपछि यो सेग्मेन्टका कारको मूल्य मात्र आकासिएन साथसाथै आयात समेत नराम्रोसँग प्रभावित वन्यो ।

जसका कारण बजेटअघि सर्बाधिक संख्यामा बिक्री हुँदै आएको एमजी ब्रान्डले हालसम्म नयाँ कार आयात गर्न सकिरहेको छैन ।

इलेक्ट्रिक कारको आयात वृद्धि हुँदा कम्वस्चन इन्जिनयुक्त गाडीको आयातमा भने भारी परिमाणले गिरावट आएको छ । अघिल्लो वर्ष २० हजार भन्दा बढी यस्ता गाडी आयात भएकोमा यो वर्ष जम्माजम्मी ६ हजार हाराहारीमात्र गाडी आयात भए ।

आयात रोकिएपछि लामो समयसम्म शोरुममा नयाँ गाडी देख्न पाइएन भने अटोलोनमा बैंक तथा वित्तीय संस्थाले गरेको कडाइका कारण मौज्दातमा रहेका गाडीको बिक्री समेत प्रभावित बन्यो ।

वर्ष २०२२ मा नयाँ इलेक्ट्रिक कारको आयातमा भने बहार नै आयो । यो वर्ष नेक्सनको डार्क एडिसन, नेटा भी, बीवाईडी एट्टो ३, हुन्डाई आयोनिक ५ एवं कोना ईभीको फेसलिफ्ट तथा हेनरी र वुलिङ ब्रान्डका मिनी ईभी नेपाल भित्रिए । अन्य केही ब्रान्ड समेत नेपाल भित्रिने टुंगो यसै वर्ष लाग्यो ।

कम्वस्चन इन्जिनयुक्त कार, जिप र भ्यानको साथै १५० सीसी माथिका मोटरसाइकल आयात हुन नपाएपछि सवारी बजारमात्र प्रभावित बनेन, राष्ट्र बैंकले गरेको कडाई र आर्थिक मन्दीका कारण स्पेयर पार्ट्स व्यवसायमा समेत ठूलै धक्का लाग्यो ।

टु ह्विलरतर्फको बिक्री ६५ प्रतिशतले कम हुँदा अधिकांश ब्रान्डको कारोबार प्रभावित वन्यो । १५० सीसी माथिका मोटरसाइकलमा प्रतिबन्ध लागेका कारण ९ महिनासम्म यो सेग्मेन्टका बाइक आयात हुन पाएनन् ।

जसका कारण यो सेग्मेन्टको मात्र मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, बीएमडब्ल्यु, जावा, सीएफ मोटो र केटीएम जस्ता ब्रान्ड सबैभन्दा बढी मर्कामा परे ।

बजारमा तरलता अभावका कारण आयात नरोकिए पनि होन्डा, बजाज, यामाहा, टीभीएस र हिरो जस्ता धेरै संख्यामा बिक्री हुने ब्रान्डको बिक्रीमा उल्लेख्य ह्रास आयो । बजेटमा एसेम्बल उद्योगलाई विभिन्न छुट र सहुलियतको घोषणा गरिएका कारण धेरै ब्रान्डका टु ह्विलरले नेपालमै एसेम्वल उद्योग लगाउन रुचि देखाए ।

स्पेयर पार्ट्स आयातमा शतप्रतिशतसम्मको नगद मार्जिन राख्नुपर्ने व्यवस्थाको साथै यस्ता सामानको आयातमा प्रवाह हुने कर्जामा बैंकले कडाई गरेपछि यो क्षेत्रको कारोबार समेत प्रभावित वन्यो ।

यसले अवैध बाटोमार्फत आउने स्पेयर पार्ट्सको बिगबिगी बढायो भने वैधानिक बाटो हुँदै आउने सामानको मूल्य वृद्धि भयो । यो वर्ष स्पेयर पार्ट्सको बिक्री ५० प्रतिशतभन्दा बढीले कम भएको व्यवसायीहरुले बताउने गरेका छन् ।

समग्र अटोमोबाइल क्षेत्रकै कारोबार प्रभावित वनेपछि यो क्षेत्रमा लगानी गर्ने साना तथा ठूला व्यवसायीले ठूलो नोक्सानी व्यहोर्नु प-यो । यसको प्रभाव स्वरुप देशका झन्डै ५० भन्दा बढी शोरुम बन्द भए भने हजारौ श्रमिकले रोजगारी गुमाउनु प¥यो । साथै केही साना व्यवसायी यो क्षेत्रबाट पलायन नै हुनुप-यो ।

अटोमोबाइल क्षेत्रमा राज्य र राष्ट्र बैंकले गरेको कडाईका विरुद्धमा व्यवसायीहरु देशव्यापी आन्दोलमा उत्रिए । जसको नेतृत्व नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरिरहेको छ ।

आन्दोलन चर्किदै गएपछि पुस १ गतेबाट लागू हुनेगरी आयात प्रतिबन्ध हटेपनि राष्ट्र बैंकसँग सम्बन्धित अन्य मागहरु सम्बोधन नभएको भन्दै उनीहरु आन्दोलित बनिरहे । यद्यपि हाल नयाँ अर्थमन्त्री विष्णु पौडेलले माग सम्वोधन गर्ने आश्वासन दिएपछि उक्त आन्दोलन स्थगित भएको छ ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...