back

सीएफमोटोका सबैभन्दा पावरफुल इलेक्ट्रिक स्कुटर नेपाल आउने, केही दिनमै बिक्री प्रारम्भ गरिने

काठमाडौं । नेपाली बजारमा सीएफमोटो ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक स्कुटर ब्रान्ड जिहो भित्रिने भएको छ ।सीएफमोटो अन्तर्गत जिहो ब्रान्डका दुई मोडल एई८ र एई८ एस प्लस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछन् ।

नेपाली बजारमा पहिले देखि नै सीएफमोटोका मोटरसाइकल बिक्री गर्दै आइरहेको अन्ना ग्रुप र रिलायन्स ग्रुप मिलेर जिहोका इलेक्ट्रिक स्कुटर भित्र्याउन लागेका हुन् । करिव एक महिना भित्रै यसको औपचारिक बिक्री प्रारम्भ गरिने कम्पनी स्रोतको भनाइ छ ।

यी स्कुटर नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा पावरफुल स्कुटर समेत हुने कम्पनीको भनाइ छ ।

जिहो एई८ एक म्याक्सी स्टाइलको इलेक्ट्रिक स्कुटर हो जुन मोटरसाइकल निर्माणका लागि विकसित गरिएको हाई रिजिड फ्रेममा आधारित छ । सो इलेक्ट्रिक स्कुटरको फ्रन्ट फेसिया ‘मेक–फेस’ डिजाइनको छ र यसमा भी आकारको एलईडी हेडलाइट छ भने यसको बडी सेमी–क्रसबाउ डिजाइनमा आधारित छ ।

यसमा भएको ब्याट्रीले सिंगल चार्जमा १९० किलोमिटर सम्म रेन्ज दिनेछ । यो स्कुटरमा १२.५ किलोवाट क्षमताको लिक्विड कुल्ड मोटर रहेको छ । यसले २१८ एनएम टर्क जेनेरेट गर्छ भने १६.७ एचपी पावर जेनेरेट गर्छ, जुन २०० सीसी सेग्मेन्टको मोटरसाइकल बराबरको पावर हो ।

यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा सम्म छ र ० देखि ५० किलोमिटर सम्मको गति २.६ सेकेन्डमै लिन सक्छ ।

स्कुटरलाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्नेछ । यसमा फास्ट चार्जिङको सुबिधासमेत उपलब्ध छ । यो स्कुटर नेपालमा नै पहिलो एबीएस भएको स्कुटर हुनेछ ।यसमा डबल च्यानल एबीससहितको डिस्क ब्रेक उपलब्ध छ ।

त्यस्तै एई८ एस प्लसमा अझै एड्भान्स्ड टीएफटी एलसीडी मिटर छ भने यसमा एबीएसका साथै म्याक्सिसको गुणस्तरीय टायर रहेको छ ।

यी स्कुटरको मूल्य भने अहिले सार्वजनिक भएको छैन ।

 


जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

जेसीबी इन्डियाले एक्साभेटरमा ५ वर्ष वारेन्टी दिने, ल्यायो नयाँ योजना

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:५५

काठमाडौं । निर्माण उपकरण उत्पादनमा विश्वबजारको ब्राण्ड जेसीबी इन्डियाले एक्साभेटरहरूको...

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

वि.सं.२०८० चैत १९ सोमवार १०:१७

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो...

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

वि.सं.२०८० चैत १९ सोमवार ०९:४७

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १६ शुक्रवार १०:०७

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

सुजुकीले ल्यायो ‘नयाँ बर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना, के-के छन् सुविधा ?

वि.सं.२०८० चैत १५ बिहीवार ११:२०

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता...

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

आधुनिक फिचर सहित नेपाली बजारमा यारिस क्रस हाइब्रिड सार्वजनिक

वि.सं.२०८० माघ २७ शनिवार ०८:४३

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...