back

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।

nactional life
Corporatebazar 11 Anniversary

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ जेठ ७ बिहीवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

वि.सं.२०८३ जेठ ६ बुधवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३१

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु...

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

विशेष रिपोर्ट : १० ठुला बैंकको ‘एक्स-रे’ रिपोर्टले हल्लियो शेयर बजार, लगानीकर्तामा ‘विश्वासको संकट’

वि.सं.२०८३ जेठ ५ मंगलवार २०:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको १० वटा...

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडको कारोबार

सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८ करोडको कारोबार

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:४०

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज...

‘नेपाल पूँजी बजार लगानीकर्ता संघ’ले आगामी बजेटका लागि सेबोनलाई बुझायो ७ बुँदे नीतिगत सुझाव

‘नेपाल पूँजी बजार लगानीकर्ता संघ’ले आगामी बजेटका लागि सेबोनलाई बुझायो ७ बुँदे नीतिगत सुझाव

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३८

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष...