back

बालकोट युवा समाजद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

nactional life

भक्तपुर । बालकोट युवा समाजले महानगरिय प्रहरी प्रभाग बालकोटलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रभागमा कार्यरत प्रहरीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री समाजका अध्यक्ष तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच हस्तारन्तण गरेका हुन ।

राणाले प्रहरी प्रभागको लागि ३५ थान पिपिई सेट, ३५ थान स्यानिटाइजर, ५०० थान मास्क तथा एक सय जोर पञ्जा महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी नरहरी रेग्मीलाई हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताए । कोरोना विरुद्धको लडाईमा प्रहरी तथा सुरक्षाकर्मी अग्रभाग बसेर लडिरहेको बताउदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा डिएसपी रेग्मीले प्रहरी प्रभागलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए । संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिलेको उनले बताए ।

समाजले यसअघि दैनिक ज्याला मजदुरी गरि खाने र कोठाभाडामा बस्ने करिब ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गर्दै आएको छ । गत वर्षको लकडाउनको समयमा पनि समाजका तर्फबाट गरिब तथा असाह्यहरुको लागि खाद्यान्न वितरण तथा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

२०७८ जेठ १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरूलाई ऊर्जा मन्त्रीको निर्देशन: असार १५ भित्र विस्तृत कार्ययोजना ल्याउनुस्

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०९:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...