back

उत्पादन कटौती गर्दै बारा–पर्सा कोरिडोरका उद्योग

nactional life

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ ।

कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन । तर, निर्माण सामग्री, कपडा, गार्मेन्ट, मदिरालगायत उद्योग बढी प्रभावित भएका छन्,’ अध्यक्ष गुप्ताले आर्थिक अभियानसित भने, ‘यस्ता उद्योगको उत्पादन आधामा झरिसकेको छ ।’ खाद्यान्न र औषध उत्पादकबाहेक अन्य उद्योग अहिले क्षमताको ५० प्रतिशतको हाराहारीमा चलेको गुप्ताको भनाइ छ । गतवर्षको बन्दाबन्दीको तुलनामा यसपटकको निषेधाज्ञामा कच्चा पदार्थ र तयारी उत्पादनको ढुवानी सहज भए पनि बजार बन्द भएकाले माग घट्न थालेको उनले बताए ।

निषेधाज्ञामा निर्माण कार्य अवरुद्ध भएकाले निर्माण सामग्रीको माग घट्दै गएको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्याल बताउँछन् । ‘माग कम आउन थालेपछि निर्माण सामग्रीका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन्,’ उद्योगी क्यालले बताए ।

यो कोरिडोरमा निर्माण सामग्रीका करीब ३ दर्जन उद्योग छन् । बारा र पर्सामा साना ठूला गरी १ हजार उद्योग सञ्चालनमा रहेको अनुमान उद्यमीहरूको छ ।

निषेधाज्ञा लम्बिएसँगै बजारबाट माग घट्न थालेको छ । उत्पादन गोदाममा थन्क्याएर राख्नुभन्दा उत्पादन घटाउने उपायमा लागेको उद्योगीहरू बताउँछन् । अहिले ७६ जिल्लामा निषेधाज्ञा लगाइएको छ ।

अहिले मुख्य उत्पादन तथा आपूर्ति केन्द्र र बजारमा निषेधाज्ञा लगाइएको करीब १ महीना पुगिसकेको छ ।

आउन छाडे कामदार
कोरोनाको दोस्रो लहरबाट मानवीय क्षति बढी भएपछि उत्पन्न त्रासका कारण पनि उत्पादन प्रभावित हुन थालेको उद्यमीहरूले बताएका छन् । अघिल्लो बन्दाबन्दीमा आवागमन असहज भए पनि महामारीको त्रास कम थियो । यस पटक कोरोनाबाट बढी मानिसको ज्यान जान थालेपछि डरले कामदार आउन छोडेको अध्यक्ष गुप्ताले जानकारी दिए । ‘उद्योगले कामदार अभावको समस्या पनि खेपिरहेका छन् । खाद्यान्न उद्योगले कामदार नपाएरै उत्पादन प्रभावित हुने अवस्था आएको छ,’ उनले भने ।

कामदारमा संक्रमणको जोखिम बढेपछि कोरिडोरका केही उद्योगले राहतसमेत घोषणा गरेका छन् । बारा–पर्सा कोरिडोरलाई आधार बनाएर उद्योग चलाएको प्रेस्टिज ग्रूपले यस्तो घोषणा गरेको छ । कार्यस्थलमा खटिएका कामदार कर्मचारीको कोरोनाबाट ज्यान गएमा आश्रित परिवारलाई १ वर्षको आधारभूत तलब राहत दिइने प्रेस्टिज ग्रूपका प्रबन्ध सञ्चालक विनय शाहले बताए ।

महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण बजार बन्द भएपछि अधिकांश उद्यमलाई चालू पूँजीको अभाव हुन थालेको नेपाली युवा उद्यमी फोरम वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले बताए । ‘निषेधाज्ञाले बजारमा माग मात्र घटाएको छैन, उधारो असुली पनि रोकिएको अवस्था छ,’ अध्यक्ष अग्रवालले भने, यसले गर्दा उद्योग व्यवसाय सञ्चालनमा चालू पूँजीको चक्र नै बिथोलिएको छ ।’

आर्थिक अभियान दैनिकबाट साभार
२०७८ जेठ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

सरकारी ढिलासुस्तीको पराकाष्ठा: १० महिनामा ३१ प्रतिशत मात्र विकास खर्च, संसद्‍मा ‘सनसेट ऐन’को प्रस्ताव

वि.सं.२०८३ जेठ २४ आइतवार ११:१६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना समाप्त...

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...