back

२८०० को विन्दु पार गरेर फर्कियो नेप्से, कारोबार रकममा भने उत्साह कायमै

nactional life

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबारको सुरुमा हरियाली छाएपनि कारोबारको अन्त्यमा आउँदा भने १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको हो ।

मंगलबार २७९३.८१ अंकमा बन्द भएको नेप्से प्रिओपन सेसनमा नै करिब साढे २२ अंकले बढेर २७१६.२६ अंकमा खुलेको थियो । दिनभरजसो उतार–चढाव देखिएको नेप्से ‘इन्ट्रा–डे’ कारोबारमा २८२२.२३ अंकको ऐतिहासिक उचाइ बनाएर नेप्से फर्किएको हो । नेप्सेले २८०० अंकको विन्दु पार गरेको पहिलोपटक हो ।

इतिहास रचेर फर्किएको नेप्सेले कारोबार रकममा पनि नयाँ इतिहास रचेको हो । यो दिन करिब १२ अर्बको कारोबार भएको छ । आज २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजारको कारोबार भएको हो ।

नेप्सेमा आज बजारलाई लिड गर्ने बैंकिङसँगै व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फन्ड उपसूचकमा वृद्धि हुँदा त्यसबाहेक सबै उपसूचक घटेको छ । बैंकिङ उपसूचक ०.४ प्रतिशतले बढे पनि हाइड्रोपावर उपसूचक २.११ प्रतिशत, विकास बैंक उपसूचक, १.६७ प्रतिशत, लगानी उपसूचक १.७६ प्रतिशत निर्जीवन बिमा उपसूचक १.१ प्रतिशत, उत्पादन उपसूचक १.११ र अन्य उपसूचक १.२२ प्रतिशतले गिरावट भएको छ । जसले गर्दा नेप्से पनि करेक्सन भएको हो ।

यता, होटेल तथा पर्यटन उपसूचक ०.४१, व्यापार उपसूचक ०.८६ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।

‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.०८ अंकले घटेर ४९६.१४ अंकमा बन्द भएको छ ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख १८ हजारको कारोबार भएको छ । यस्तै, नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड ३४ लाख ७३ हजार र नेसनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा समता घरेलु लघुवित्त, रुरु जलविद्युत् कम्पनी, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।

यता, ङ्यादी ग्रुप पावरको सेयर मूल्य ६.८८ प्रतिशतले घट्दा युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य ५.७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका ११७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ५९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...