back

वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट राख्ने सम्झौता

nactional life

काठमाडौं । वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज सम्झौता सम्पन्न भएाको छ । चौधरी फाउन्डेसनले देशकै जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालसँग सम्झौता गरेको हो ।

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देव नारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।
अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर–प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने फाउन्डेसनले जनाएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए । “कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,” उनले भने, “हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।”

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिए । “यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ,” उनले बताए ।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरे । “जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै आपूर्तिमा लागेका हौं,” उनले भने । २०७८ जेठ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग

वि.सं.२०८३ जेठ २५ सोमवार १४:१८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...