सहकारी

प्रभु म्यानेजमेन्टद्धारा सहकारीलाई डिजिटलाइजेशन गर्ने विशेष कार्यक्रम सम्पन्न

corporatebazar –  प्रभु मेनेजमेन्टले सहकारी संस्थाहरुको व्यवसायिक सफलताका लागि सहकारी संस्थाका सदस्यहरु सहित आम नेपालीलाई नगद रहित कारोवार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ हालै पोखरामा विद्युतीय वित्तिय सेवाका बारे विशेष कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सहकारी संस्थाहरुमा आधुनिक प्रविधिको प्रयोगद्वारा सेवाहरुको विस्तार गरी वित्तिय सेवामा सदस्यहरुको पहुँच बृद्धिगर्ने उद्येश्यले सहकारीहरुको भेला आयोजना गरी प्रविधिको […]

बैंकमा स्रोत खुलाउनुपर्ने झण्झटले ३५ हजार सहकारीले ३खर्बभन्दा बढीको कारोबार गर्दै

corporatebazar – सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी नीतिको कार्यान्वयन प्रभावकारी नहुँदा निक्षेपजति सहकारीमा थुप्रिन थालेका छन् । बैंकमा स्रोत नखुलेको रकम जम्मा गर्न नमिल्ने भएका कारण त्यस्ता रकमहरु सहकारीमा जम्मा हुने गरेका छन् । यसले गर्दा एकातिर बैंकहरु  निक्षेप अभाव भइरहेको छ भने अर्कोतर्फ कालो धन लुकाउन सहज भएको छ । सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारण ऐन […]

कालो धन थुपार्ने थलो बन्दै सहकारी

Corporatebazar– बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारी । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन […]

सहकारी क्षेत्रको व्यबस्थापन गर्न मर्जरकै आवश्यकता

Corporatebazar – नेपालमा वित्तीय कारोबार गरिरहेका संस्थाहरुमध्ये सहकारी क्षेत्रको व्यवस्थापनलाई सबैभन्दा कमजोर मानिन्छ । प्रभावकारी नियमन नहुँदा सहकारी क्षेत्रमा कर्जाको दुरुपयोग, ठगी जस्ता समस्या बढेका छन् । संचालकहरुले नै सर्वसाधारणको निक्षेपको दुरुपयोग गरेका थुप्रै घटनाहरु छन् । सरकारले ग्रामीण जनताहरुमा पनि बचत गर्ने बानीको विकास गर्नका लागि गाउँगाउँमा सहकारी घरघरमा भकारी अभियानमार्फत हरेक गाउँमा सहकारी […]

बौद्ध ग्रामीण सहकारीको बार्षिक कर्मचारी गोष्ठी : सदस्यलाई थप सुविधा दिने प्रतिवद्धता

कर्पोरेट बजार- बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक कर्मचारी समिक्षा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका सुर्खेत, दैलेख,जाजरकोट र जुम्ला गरी ४ जिल्लामा रहेका २०१ जना कर्मचारीहरु, संचालक समितिका पदाधिकारी र कार्यकारी प्रमुखको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सेवा सुविधालाई गाउँगाउँसम्म पुगी संचालन गर्दा कर्मचारीले भोग्नु परेको समस्या, चुनौतीलाई समाधान गर्न […]

सिवाईसी बचत तथा ऋण सहकारीद्धारा नवनियुक्त कर्मचारीलाई तालिम

कर्पोरेट बजार– सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङले संस्थामा नयाँ प्रवेशी कर्मचारीहरुका लागि ३ दिने सेवा प्रवेश पूर्व तालिमको सुरुवात गरेको छ । संस्थाले सञ्चालन गरिरहेका कार्यक्रमहरुलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा संस्थागत क्षमता अभिबृद्धिका लागि संस्थाको सिद्धान्त अनुसार लिखीत, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत आन्तरीक लेखा परीक्षक, सेवाकेन्द्र प्रमुख र सदस्य सर्वेक्षक […]

आर्थिक समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका

corporatebazar – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताए । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आइतबार उद्घाटन कार्यक्रममा उनले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताए । तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य […]

सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

corporatebazar  – सिटिजन्स बैंकले काठमाण्डौ उपत्यका भित्रका विभिन्न स्थानमा रक्क्तदान कार्यक्रम सम्पन्न गरेको छ । १२औं वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा कुल ५ सय ६६ जना व्यक्तिहरुले रक्तदान गरेका छन् । १२औं वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान” […]

लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

corporatebazar – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीहरु आहवान गरेको छ । कम्पनीले बुधबार एक विज्ञापन जारी गर्दै दरखास्त आहवान गरेको हो । कम्पनीले असिस्टेन्ट जनरल म्यानेजर (मार्के्टिङ), ब्राञ्च म्यानेजर (मार्के्टिङ), मार्के्टिङ म्यानेजर, मार्के्टिङ अफिसर, मार्के्टिङ असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले अप्रिल २४ सम्म आवेदन […]

माछापुच्छ्रे बैंकको नाफा ४५ प्रतिशतले बढ्यो | कर्पोरेट बजार

corporatebazar – माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब २४ करोड ८ लाख रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ४५ दशमलव २९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको चैतसम्म बैंकले ८५ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ८० […]