खेलकुद

पल्सर स्पोर्टस अवार्डको १६औं संस्करण हुँदै

corporatebazar – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १६औं संस्करण मंगलबार काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुँदैछ । खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र संघ संस्थालाई प्रदान गरिने यस अवार्डमा यसपटक विभिन्न नौ विधामा अवार्ड प्रदान हुने छ । अवार्डको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । यस बर्षदेखि एक जना अन्तर्राष्ट्रिय […]

अर्जेन्टिनाको राष्ट्रिय टिम घोषणा

corporatebazar –  लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । कोपा अमेरिका कपका लागि अर्जेन्टिनाले २३ सदस्यीय टिमको घोषणा गरेको हो । यो पटक अर्जेन्टिनाको टिम निकै बलियो देखिएको छ । कप्तान मेस्सीसँगै विश्वचर्चि खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर […]

सर्वाधिक गोलकर्ता मेस्सीले पीचीची अवार्ड जिते

corporatebazar – स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पीचीची अवार्ड जितेका छन् । आइतबार राति लिगको अन्तिम खेलमा दुई गोल गरेका मेस्सी सर्वाधिक गोलकर्ता बने । उनले यो सिजन मात्रै लिगमा ३६ गोल गर्न पुगे । अन्य लिगमा समेत गरेर मेस्सीले यो सिजन मात्रै क्लबकाल लागि ५०औं गोल गरेका छन् ।सर्वाधिक गोलकर्ता […]

पाकिस्तानविरुद्ध ५खेलको ओडीआई सिरिजमा घरेलु टोली इङल्यान्डले क्लिन स्वीप

corporatebazar -पाकिस्तानविरुद्ध पाँच खेलको ओडीआई सिरिजमा घरेलु टोली इङल्यान्डले क्लिन स्वीप गरेको छ । आइतबार राति भएको पाँचौं तथा अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ५४ रनले हरायो । यस जितसँगै इङल्यान्डले सिरिज ४–० ले जित्यो । यसअघि बर्षाका कारण पहिलो खेल रद्ध भएको थियो तीन सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा सबै विकेट […]

रूस विश्वकपमा पोग्बाले लगाएकाे जुत्ता ३० हजार युरोमा बिक्री

एजेन्सी -फ्रान्स तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ मा भएकाे रुस विश्वकपमा लगाएको जुत्ता ३० हजार युरोमा बिक्री भएको छ । दुर्गम क्षेत्रका गरिब बालबालिकालाइ शिक्षा पुर्‍याउने उद्देश्यले आर्थिक संकलनका लागि सोमबार पेरिसमा पोग्बाको जुत्ता लिलामीपछि बिक्री भएको हो । अक्सनमा पोग्बाको जुत्ता ३५ देखि ५० हजार युरोसम्म बिक्री हुने अनुमान गरिएको थियो […]

राष्ट्रिय खेलकुद आज सकिँदै

corporatebazar – आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै छ । गत बिहीबार  औपचारिक रुपमा उद्घाटन भएको प्रतियोगिताका सबै खेल आज सकिन लागेका हुन् । बेलुका ५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन […]

उसुमा निमा र मिनालाई स्वर्ण

corporatebazar-  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत उसुको थाउलोतर्फ आर्मीकी निमा घर्तीमगर र मिना ग्लानले स्वर्ण पदक जितेका छन् । महिला नान् छवान्/नान् तावमा निमाले समग्रमा १८.२ अंक जोड्दै स्वर्ण पदक जित्न सफल भइन् । यता, प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए । महिला थाइची छ्वान/थाइची चेनमा आर्मीकी मिना ग्लान […]

राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

corporatebazar –  राजस्थान रोयल्सलाई ६ विकेटले हराउँदै दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । राजस्थानले पेश गरेको १९२ रनको विजय लक्ष्य दिल्लीले ४ विकेटको क्षतिमा पूरा गर्‍यो । यो जितसँगै दिल्लीले अंक तालिकामा चेन्नई सुपर किंग्सलाई पछि पारेको छ ।

क्रिस गेल र सन्दीप लामिछानेको रोचक संघर्ष

corporatebazar –  टी-२० क्रिकेटको दुनियाँमा ‘युनिभर्स बोस’ भनेर चिनिन्छन् वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल । फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक रन, सर्वाधिक ठूलो स्कोर, सर्वाधिक सतक, सर्वाधिक छक्का सबै उनका नाममा छन् । जब क्रिस गेल आफ्नो लयमा हुन्छन्, उनले कुनै पनि बलरलाई पानी भन्न दिँदैनन् ।शनिबार उनै गेल र नेपालका युवा स्पिनर सन्दीप लामिछाने आईपीएलमा […]

अष्ट्रेलियाको विश्वकप खेल्ने टिम घोषणा

Corporatebazar.com – अष्ट्रेलियाले आसन्न विश्वकपका लागि टोली घोषणा गर्दा स्टिभ स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन् । मार्च २०१८ को बल टेम्परिङ काण्डपछि निलम्बनमा रहेका स्मिथ र वार्नर दुवैले त्यसयता एकदिवसीय खेलेका छैनन् । दुवैको निलम्बन हटेपछि पनि अष्ट्रेलियाले ओडीआई म्याच खेलेको थियो । तर इण्डियन प्रिमियर लिगमा व्यस्त भएका कारण स्मिथ र वार्नर टोली […]