मुल्य वृद्धिको तुलनामा ब्याजदर बढी छैन : (अध्यक्ष) बैंकर्स संघ

Spread the love
  •  
  •  
  •  

Corporatebazer– समृद्धि शुरुवात बैंकबाटै सुरु हुन्छ चाहे त्यो सरकारले दिने भत्ता होस अथवा जुनसुकै कारोबारको लागि हो ।

बैंक खाता नभइकन समृद्धि आउन सक्दैन । त्यहि विषयलाई मध्यनजर गर्दै एक वर्षसम्म खोलै बैंक खाता अभियान सञ्चालन गर्न लागेको हो । बैंकहरुका देशैभर रहेका सम्पुर्ण शाखाबाट खाता खोल्न सकिनेछ । खातामा बैंकहरुले नै १०० रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ ।

विगतको डेढ बर्षमा नेपालमा वित्तीय पहुँ्चको अवस्था सन्तोसजनक रुपमा बढेको तथ्यांकले देखाएको छ । ७१३ स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् भने यहि आर्थिक वर्षमा नै सम्पुर्ण स्थानिय तहमा पुग्ने प्रयास भइ रहेको छ । विगत डेढ वर्षको अवधिमा ४०० स्थानीय तहमा वाणिज्य बैंक पुग्न सफल भएका छन् ।वित्तीय पहुँच उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । अब ७५३ वटै स्थानिय तहमा वाणिज्य बैंक पुगेसँगै खाता खोलाउने प्रयास गछौं । बैंकमा खोलिएका खाताहरु डुब्लिकेसन भएको हुन सक्छ तर हालसम्म बैंकिङ प्रणालीमा बचत, मुद्धति र कल खाता अथवा अन्य जुनसुकै प्रकारका गरेर होस् २ करोड ६८ लाख खाता खुलिसकेका छन् ।

यो वर्ष खोलौ खाता अभियानलाई प्रभावकारी बनाउँदै नेपाली जनसंख्या भन्दा बढी केही मानिसको खातामा डुब्लिकेसन हुने भएकोले साढे ३ करोड देखि ४ करोड बैंक खाता पुर्याउने उद्देश्य रहेको छ । बैंकिङ क्षेत्रले विगत केहि वर्ष देखि पूँजी को समस्या झेलिरहेको छ । आन्तरिक पूँजी निर्माणमा यो अभियानले ठुलो सहयोग पुग्ने अपेक्षा छ । बचतलाई प्रोत्साहन गरेर आन्तरिक पूँजी वृद्धिमा सहयोग पुग्छ भन्ने विश्वास हो ।

बैंकहरुले बचत खातामा दिने प्रतिफल पनि मुल्य वृद्धिको तुलनामा क्रमिक रुपमा बढ्दै गएको छ । जसको कारण कर्जामा केहि मात्रामा व्याज वृद्धि भएको भन्ने केहि गुनासो पनि आएका छन् । तर नेपाल जस्तो मुलुकमा ६ देखि साढे पाँच प्रतिशतको मुल्य वृद्धि भइरहेको छ त्यसको तुलनामा १०/१२ प्रतिशत कर्जा त्यति धेरै ठुलो होइन ।

(बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले जेष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता अभियानको शुभारम्भ कार्यक्रममा ब्यक्त गरेको विचार)

Facebook Comment