वारेन बफेटको लगानी गर्ने तरिका | कर्पोरेट बजार

Spread the love
  •  
  •  
  •  

corporatebazar – वारेन यतिबेला जुन चिज भयङकर राम्रोसँग चलेको छ , त्यसमा लगानी गर्न इच्छुक हूँदैनन् किनभने त्यस्ता कम्पनीको मूल्य चर्को हुन्छ । हर कोही त्यसैलाई रुचाउने हून्छन् । अधिकांश मानिस छोटो अवधिको नाफा नै रुचाउँछन् । त्यसैले जेको भाउ तत्काल बढ्को छ , त्यसैमा लगानी गर्छन् ।

छोटो अवधिको सेयर बजार हेर्ने मानिसले कहिलेकाहिँ लामो अवधिको नाफा कमाउने क्षमता भएका स्टक मार्केटको मूल्य झारिदिन सक्छन् ।त्यसैले वारेनले जहिले पनि लामो अवधिको सेयर बजारका बारेमा सधैँभरि सोचिरहेका हून्छन् । लगानीका उम्दा मानिसले जहिले पनि खराब समाचारलाई गज्जबको समाचार ठान्छन् । वारेनले पनि राम्रो सम्भावना भएका कम्पनीका बारेमा खराब समाचार सुन्नेबित्तिकेै लगानी गर्न तम्सिन्छन् । यस किसिमको सोचलाई सेलेक्टिभ कन्ट्रारियन इन्भेस्टमेन्ट स्ट्राटेजी भन्ने चलन बढेको छ । अधिकांशत ः वारेनले सेलेक्टिभ कन्ट्रारियन इन्भेस्टमेन्ट स्ट्राटेजी अपनाउँछन् ।

सेयर बजारमा जहिले पनि छोटो अवधिको खेल खेलिन्छ । यो सेयर बजारको प्रकृति नै हो । खराब समाचार सेयर बजारका लागि खतरा हो, त्यसैले त्यतिबेला मानिसहरु हर्रिएर बेच्न तम्सन्छन् । तर वारेनको मतअनुसार, स्थिर प्रतिस्पर्धात्मक क्षमता बोकेका कम्पनीले लामो समयको मन्दीलाई जितेर फाइदा दिलाउन सक्छन् । वारेनले कमाएको अधिकांश पैसा स्थिर प्रतिस्पर्धात्मक क्षमता (डयुरेबल कम्पिटिटिभ एडभान्टेज ) भएका कम्पनीबाट नै कमाएका हुन्।

आफुले लिएको कम्पनीको तत्काल भाउ नबढे पनि उनी आत्तिदैनन् । लामो समयको खेलमा लाग्ने हुनाले उनी स्थिर उन्नतिको पक्षमा हून्छन् । उनले किनेका गेइको, वासिङ्टन पोस्टजस्ता कम्पनीमा यस्तै किसिमको समस्या देखिएको भए पनि लामो समयपछि उनले ती कम्पनीमा गरेको लगानीको राम्रो प्रतिफल पाएका थिए।

सेयर बजारमा एउटा कथा बडो प्रचलित छ । कथाले भन्छ ःघोडा दौडमा भाग लिने दुईवटा घोडा थिए रे ! तीमध्ये एउटाको नाउँ स्बस्थ र अर्कोको नाउँ बिरामी थियो रे ! स्बस्थले सधैँभरि जित्थ्यो र बिरामीले चाहिँ ठिकैको दौड बनाएर रेसिङमा टिकिरहेको थियो रे ! एक पटकको कुरा हो, दुवै घोडालाई ज्वरोले समात्यो ।स्वस्थ घोडालाई ज्वरो आउने बित्तिकै उसको मूल्य घटेयो ।मानिसहरु अत्तालिएर उसमाथि गरेको लगानी निकाल्न थाले तर दोड सुरु भएपछि ज्वरोले समात्दा पनि स्वस्थले नै घोडादौड जित्यो किनभने ऊ बिरामीको तुलनामा केहि स्वस्थ नै थियो।

यो कथा सुनाउनेहरु भन्छन् , स्वस्थलाई ज्वरोले थला पारे पनि बिरामी भन्दा यो नै चाँडो उठ्ने सम्भावना हुन्छ । अनि उठेपछि ,उसले गज्जबको दौडमा भाग लिएर सबैलाई चकित पार्ने परिणाम देखाउँछ । उता बिरामी घोडा पनि ज्वरोवाट निको भएर दौडमा निस्कन्छ तर स्वस्थभन्दा राम्रो परिणाम निकाल्न चाहि सत्तैmन ।

ठीक त्यस्तै कुनै कम्पनीको सेयर लिंदा पनि स्वस्थ कम्पनी छान्नु पर्छ । यस कुरामा वारेन सबैभन्दा चनाखो थिए। वारेनले आर्थिक अवस्था नराम्रो भएकोलाई छुँदैनथे तर कम्पनीको बाण्ड भ्यालु –नाउँ नै काफी भएका कम्पनी ) लाई पहिलो प्राथामिकता राख्थे । नाउँ ने काफी भएका कम्पनीका प्रतिस्पर्धी नै हुँदैनन्, भए पनि कम हुन्छन् । यस्ता कम्पनिले आफ्नो मूल्य मनपरी राख्न सक्छन् र अकुत फाइदा दिलाउँछन ्। तीनले लामो समयाबधिसम्म फाइदा दिइरहन्छन् । तिनले छोटो समयमा चर्को घाम खेप्नुप¥यो भने वा बाढि झेल्नुप¥यो भने पनि मौसम सप्रिनासाथ उँभो लगाइहाल्छन् ।

वारेनको धारण छ, नाउँ नै काफि भएका कम्पनी र नाउँ भएर पनि केही लछारपाटो नलगाउने कम्पनीबीच फरक नबुझनेले सेयरबजारमा आपत निम्त्याउँछन् ।

वारेनको काम गर्ने अर्को तरिका भनेको नाफाको मार्जिन उच्च हुने कम्पनीमा लामो समयदेखि आँखा गाढ्नु वा तिनलाई किन्नु हो । किन्न नसकिए तिनको थोरबहुत सेयर लिनु पनि हो । नाफाको मार्जिन न्यूज हने कम्पनीमा उनी आँखा पनि लगाउँदैनन्।
बजारमा टिक्नका लागि नयाँ नयाँ प्रविधि भित्र्याउनुपर्ने कम्पनी पनि वारेनको नजरमा पर्दैनन् किनभने तिनले आफूलाई अपग्रेड नगराए बजारमा टिक्न सक्तैनन् । अपग्रेडका लागि धेरै लगानी गर्नुपर्ने कम्पनी उनी भारयुक्त ठान्छन् ।

वारेन आफ्ना लगानीकर्तालाई लामो समयसम्म टिक्ने कम्पनीका बारेमा कथा कहेर मोहित बनाउँछन् । जस्तो एकपटक उनले भने , लामो समयसम्म टिक्ने कम्पनी भनेर्का दह्रो किल्ला भएको दरबार्र जस्तो हो । उनको भनाइको अर्थ के हो भने ।दह्रो किल्ला भएको दरबार भयो भने त्यो शत्रुसँग लड्नेभिड्ने सबै किसिमका शस्त्रअस्त्रहरुले सुसज्जित हुन्छ । त्यस्तो किल्लामा बाहिरैदेखि पानीको खाल्डो राखिन्छ, दह्रो किल्ला बनाइन्छ ,त्यसपछि भित्र लडाकुहरु पनि उत्तिकै सशक्त हून्छन् । यस्तो किल्लामा घुस्नु जस्तोसुकै सिपालु सेनापति भएको शत्रुका लागि पनि कठिन हुन्छ। वारेन यस्तै अभेद्मकिल्ला भएको कम्पनी किन्न चाहन्छन् । यसका लागि उनी लामो समयसम्म अध्ययनअनुुसन्धान गर्छन् ।
नेपालका पनि उनका यस्ता अभेद्म किल्ला सञ्चालित छन् । कोकोकाला र पेएफसी तीमध्ये केहि ब्राण्ड नाँउ हुन् । हामीले खाएको प्रत्येक कोकको बोतलबाट उनलाई एक रुपियाँ जान्छ ।

वारेनको व्यापारको सबैभन्दा अचम्मको काइदा चाहिँ उनी प्रतिस्पर्धीलाई टिक्न दिँदैनन् । खराब काम गरेर हैन ,सबैभन्दा उम्दा कम्पनी सिर्जना गरेर । उनी एकलौटि व्यापार रुचाउँछन् जस्तो कोकाकोलाको छ । संसारभर एकछत्र उनकै पेयको राज छ । एकछत्र राज गरेर मात्र हुँदैन उनलाई ,लामो समयसम्म ४०÷५० बर्षसम्म चल्ने कम्पनी चाहिन्छ ,त्यो पनि एकछत्र लडीबुडी गर्ने । यस्तो उनी राम्रोसँग खर्च गर्न पनि तयार हुन्छन् ।

टिकाउ प्रतिस्पर्धात्मक कम्पनी निर्माण गर्नका लागि कम्पनीले फरक उत्पादन गर्नुपर्छ कि त फरक किसिमको सुबिधा दिनुपर्छ तर त्यस्तो गरिरहेका कम्पनी भएर पनि उनलाई आकर्षक नगर्न सक्छ । जस्तो ,अहिले संसारभरका कम्प्युटरमा इन्टेल कम्पनीको चिप उपयोग हुन्छ । इन्टेलले आफ्नो चिपलाई प्रतिस्पर्धात्मक बनाउनका लागि बर्षौ लाखौ डलर अनुसन्धानमा खर्च गर्छ र कहिलेकाहिँ त्यो अनुसन्धानको रकम अबौ डरलमा पुग्छ । तर अन्य प्रतिस्पर्धी कम्पनीले पनि त्यस्तै अनुसन्धान गरिरहेका हुन्छन् र कहिलेकाहीँ उसको भन्दा तगडा चिप निकाल्दिन सक्छन् । पछिल्लो समय कम्प्युटरभन्दा स्मार्टफोनहको जगजगी छ । प्रतिस्पर्धामा टिकिरहन यतिबेला इन्टेललाई गाह्रो छ । बरु सामसुङ र एप्पल कम्पनी आफैले बनाएको चिप आफ्ना स्मार्टफोनमा तगडा देखिएका छन् । वारेन चाहिं यस्तो दिनदिनै हुने गलाकाट प्रतिस्पर्धामा भाग लिन रुचाउँदैनन् । त्यस्तैले प्रविधिको सेयर बजारमा मारामार कमाइ हुँदा पनि उनले नजाने गाउँको बाटै नसोध्नु भन्दै त्यता चासो दिएनन् । बरु त्यसको साटो दिनदिनै आबश्यक पर्ने के के सरसामानहरु आवश्यक छ , त्यसको लेखाजोखा गर्दै त्यसैमा लगानी गरे ।

वारेनको अर्को रोचक बानी के छ भने , उनलाई मन परेको कम्पनीको सेयर यति किन्न चाहान्छन् कि भविस्यमा आवश्यक पर्दा व्यबस्थापनमा दखल दिन सकियोस् । बोर्डमा बस्न पाइँदैन ,बोर्डमा बसेर भोटदिने अधिकार पनि पाइन्न भने उनी त्यसलाई टाढाबाट हेरिरहन रुचाउँछन् चाहे त्यो कम्पनी जतिसुकै नाफामूलक किन नहोस !

लगानीकर्ताहरुले जहिले पनि बुझनुपर्ने कुरा के हुन्छ भने बजारमा ब्याज दर उच्च छ भने सेयरको मूल्य तल झर्छ अनि ब्याजदर न्यून हुँदा सेयरको मुल्य बढ्न थाल्छ । त्यसैले लगानी गर्नेहरुले सेयरको मूल्य तल भरेको बेला दाउ छोप्नुपर्छ र लामो समय कुर्नुपर्छ । सेयर बजार जब बियरिस हुन थाल्छ ,अर्थात जब सेयर ओरालो लाग्छ ,त्यो बेला सेयर किन्न थाल्नुपर्छ । यस्तो बेलामा लामो प्रतिस्पर्धी क्षमता भएका कम्पनीको सेयर अन्य बेलामा भन्दा अलि सस्तोमा पाइन्छ ।

वारेनले कोकाकोला कम्पनी किन्न खोजेको लामो समयदेखि थियो तर उनले आफूले चाहेजस्तो रकममा किन्न सक्ने अवस्था सन् १९८७ को सेयर बेचिरहको बेला प्यासो बटुवाले झै कोकाकोलाको सेयर पिउन थालेका थिए वारेन ।

वारेनले जहिले पनि सेयर बजारमा हलचल मच्चिँदा र कम्पनीका ठूला मानिस अदलबदल भएका बेला सेयर किन्ने गर्दछन् किनभने त्यो बेला कम्पनी धराशायी हुन लागेका सबै कम्पनी किन्छन् भने चाहिँ पटक्कै होइन ।लामो समयदेखि किन्न मन बनाएर अध्ययन गरेको ,कम्पनीको बुक मूल्य बढि भएको तर सेयर मूल्य कम भएको कम्पनी मात्र छनोटमा राख्ने गर्दछन् ।

हरेक निश्चित समयावधिमा सेयर बजारमा उकालो लाग्ने र ओरालो झर्ने क्रम भइरहन्छ जसलाई मार्केट करेक्सन भनिन्छ । उच्च विन्दुमा पुगेको सेयर केही समयका लागि झरेर न्यून बिन्दुमा पुग्नसक्छ । त्यस्तो अबस्थामा लामो समयाबधिका प्रतिस्पधी कम्पनीका सेयर किन्न तयार भएर बस्नुपर्छ । तर लगानीकर्ताहरुले बुझनुपर्ने अर्को कुरा पनि छ । जस्तो कुनै देशमा लामो समयसम्म आथिक मन्दी भयो भने त्यस्तो अबस्थामा सेयर बजारै ध्वस्त हुन्छ । कम्पनीको आम्दानी नै धर्मराउँछ । यस्तो अवस्थामा के गर्ने ? यस्तो अवस्थामा राम्रा कम्पनीको सेयर किन्न थाल्नुपर्छ जबसम्म तपाईको गोजी रित्तिँदैन । यसैगरी कुनै कम्पनी अर्को कुनै कम्पनी अर्को कम्पनीसँग मर्ज भएको अवस्थामा,कम्पनीलाई पुनः अर्को तरिकाले पुनर्निमाण गर्ने तयारी भइरहेको अवस्थामा भने त्यस्ता कम्पनीको सेयर किन्दा ख्याल गर्नुपर्छ ।तर तिनले भोलिका दिनमा ल्याउने सुखद अवस्था मूल्याङकन गर्न भने सक्नुपर्छ । कस्टको भन्ने कम्पनी मर्जरमा जाँदा सेयर पुछारमा पुग्न थालेछि वारेनले त्यसको सेयर किन्न थालेक थिए जसले पछि निकै राम्रो प्रतिफल दिएको थियो । वारेन भन्छन्, कनै कम्पनीको ठूलो व्यक्तिले कम्पनी छाड्दा बजारमा देखिने हलचलाई किन्ने अबसर ठान्नुपर्छ ।

वारेनले लगानी गरेको अर्को सबैभन्दा महत्वपूर्ण अवस्था भनेको सन् १९९० को दशकमा इराक युद्ध ( कुवेतमा इराकले आक्रमण गर्दा अमेरिक होमिनु) हो र सन २००१ मा अपगान निस्तान युद्धताका पनि उनले कैयौ कम्पनीको सेयर किनेका थिए । त्यो बेला उनले विमान कम्पनी ,ट्याक्सी सेवा कम्पनी ,होटल ,ट्राभल एजेन्सी ,क्रुज सेवा समेत किनेका थिए ।

वारेन भन्छन् ,लगानी गर्नेहरुका लागि खराब समाचार भनेको सत्तम समाचार हो । खराब समाचार आउनेबितिकै सेयर बजार ओरालो झर्छ र उनी त्यही ओरालोमा बसेर अरुले हतारमा बेचेका सेयरहरु सस्तो दाममा किन्न थाल्छन् ।

वारेनले व्यापारको मूल्य कसरी चिन्छन् भनेर केहिले त अध्ययन नै गरेका छन् । डेभिड क्लार्कले वारेनको व्यापार मूल्य चिन्ने कलालाई दफावार रुपमा छलफल गर्दै भनेका छन् , ‘उनले कम्पनीको चेन बनाएका छन् ।यस्तो चेनले तपाईलाई एकपटक गाँजेपछि छोड्नै मान्दैन ।’
डेभिडको भनाइलाई यसरी बुझौँ ।जस्तो , वारेनको घरजग्गा व्यबसाय गर्ने कम्पनी छन् । ती कम्पनीले घर बनाउन चाहिने कच्चा पदार्थ उत्पादन गर्ने कारखाना छ, घरायसी सामानहरु ,जस्तो कुकुरदेखि अन्य सबै चिज र भ्याकुम क्लिनर लगायतका उत्पादन गर्ने कारखाना छ , मानिसले दैनिक रुपमा उपयोग गर्ने खाद्म पदार्थ प्रशोधन गर्ने कारखाना छन् , मनोरञ्जन गर्नका लागि चाहिने सिनेमा उत्पादक(किज्ने) छ , कट्टुदेखि लिएर अन्य किसिमका पहिरन उत्पादन गर्ने गार्मेन्ट कारखाना (वंगलादेशमा उनको लगानी भएका कारखाना छन्) देखि तपाइले चपाउने रिग्लिज चुइङगमसम्म र प्यास लाग्दा पिउने कोकाकोलासम्म उनले उत्पादनको शृङखला चलाइरहेका छन ्। यी सबै कुरा मानिसका लागि नभई नहुने चिज बन्न पुगेका छन् । उनी धनि हुनुको कारण मानिसले ओल्टो फेर्दा पनि उनलाई बुझाउनुपर्ने पैसा र कोल्टो फेर्दा पनि बुझाउनुपर्ने हुनाले हो ।

वारेनले दैनिक उपभोग्य सामाग्री उत्पादन गर्ने कम्पनी रुचाउँछन् । त्यसैले उनले म्याक्डोनाल्ड ,बर्गर किङ , केएफसी र पिज्जा हटमा ठूलो लगानी गरेका छन् । यिनको कुनै बिकल्प छैन । मानिसहरु हरेक दिन यी रेष्टुराँमा गएर खानैपर्छ । मान्छे जतिसुकै गरिब किन होस, उसले खानै पर्छ । यसलाई वारेन हाँस्तै भन्छन् ,‘यी त आर्धिक सङकट लागेका बेला पनि बन्द हँदैनन ।’

वारेनले रुचाउने कम्पनी मध्येमा औषधोपचारको पनि हो किनभने मानिस बिरामी अबश्य पर्छ र उपचार गर्नका लागि खास किसिमको ओषधि बनाउने वा पेटेन्टयुक्त औषधि उत्पादक बन्यो भने लामो समयसम्म यसले नाफा दिन्छ । मानौ , एचआइभी एड्स निको पार्ने औषधी तयार भयो र यसको पूर्ण पेटेन्ट अधिकार क नामक कम्पनीमा छ भने त्यसले लामो समयसम्म त्यो औषधिबाट कमाउन सक्छ । त्यस्तो पेटेन्ट धेरैभन्दा धेरै राख्ने कम्पनीको सेयर बारेनको नजरमा परिरहेका हुन्छन् । वारेनले ब्रिस्टल –मेयर स्क्विब ,मेर्क एण्ड कम्पनी ,मेरियन मेरेल डअइन्क,माइलन ल्याब र एली लिलि एण्ड कम्पनीजस्ता औषधि उत्पादक कम्पनीको ठूलो सेयर किनेका छन् । तिनले बारेनलाई रामै्र फाइदा दिइरहेका छन् । त्यसै पनि संसारभरको ठूलो नाफा दिने उद्मोगहरुमा औषधि उद्मोग पनि हो । त्यसमाथि राम्रो पेटेन्ट अधिकार भएका कम्पनी किन्नु त स्वादिलो कुरा भइगयो ।

यस्तै दिनदिनै खाइने खाजाका आइटमका कम्पनी पनि उनकै भागमा छन् । जस्तो कि , केलग्स कम्पनी, सुप उत्पादक क्याम्पबेल्स ,चकलेट उत्पादक हर्सी फुडस्, चइङगम बनाउने रिग्लेज जुनियस कम्पनी, पेप्सी कोला कम्पनी ,सारा ली – चिजकेक र हट डग), क्राफ्ट ÷जेनरल फुड ,कनएग्रा (अमेरिकाको सबैभन्दा दास्रो ठूलो खाद्म प्रशोधन कम्पनी) ले कयौ नाउँका खाद्मपदार्थ बदाउँछन । तिनले उत्पादन गर्न थालेको पनि ५० बर्षभन्दा बढि भइसक्यो । कुनै कुनै कम्वनीको इतिहास त सय बर्ष भन्दा पनि बढि भइसकेको छ । अर्थात ,५०÷१०० बर्षदखि काम गरेर खारिएका कम्पनी उनको छनोटमा पर्ने गरेका छन् ।

पेय पदार्थहरुमा उनले कोक, पेप्सी र बियर कम्पनी पनि किनेका छन् । दिनदिनै पिउनेका लागि यो दुःखको कुरा हो कि हरेक बोतल बराबर उनैलाई पैसा र्तिनपर्छ । अमेरिकाका ३० प्रतिशत मानिसहरु कोक पिउँछन् । एन्हेसर–बुच नामक कम्पनी संसारकै ठूलो बियर कम्पनीमध्ये एक हो र त्यसले पनि उनलाई हरेक दिन नाफा दिइरहेको छ ।

कोलगेट –पाल्मोलिभ, प्रोक्टर एण्ड ग्याम्बल , जिलेटजस्ता कम्पनीले उत्पादन गरेका चिज हामिले नेपालमा पनि उपयोग गरिरकेका छौँ । हामिले नेहाउने साबुन गरेका साबुन,सेम्पु वारेनकै देन हो। उनले यति बढी लगानी गर्छन् कि नाफा अझै बढी कुम्ल्याउनका लागि संसारभर शाखा, कम्पनी , कारखाना खोलेर बेच्नुप्रर्ने बाध्यता हुन्छ । उनको बाध्यताले हाम्रो गोजीबाट खुइँखुइँती पैसा तानिरहेको हुन्छ ।
नयाँ नयाँ विज्ञापन शैलिका कारण हामिले उही उत्पादन बाध्य भएर प्रयोग गर्नुप्रर्ने हुन्छ ।उस्तै टुथपेस्टले दाँत झन्झनायो भन्दै नयाँ नाउँमा दाँत माझ्न बाध्य पार्छन् विज्ञापनले । २० बर्षअघि गरेको लगानीले पछिसम्म फाइदा दिने यस्तो काइदाको आइडियालाई उनी लगानी गरिरहन्छन्। आम्दानी कम छ हामी दाँतै माझ्न छाड्दैनौं । उनी बन्नुको रहस्य यहि हो ।

अब लगाउने कुरा पनि गरौं न ! नेपालमा लेभिको जिन्स पेन्ट निकै लोकप्रिय छ । लेभी स्ट्राउले जिन्स पेन्टको सोच सिर्जना गरेका थिए र पछि लेभिका सन्तान दरसन्तानले जिन्स पेन्टलाई स्तारीय ,खप्ने पेन्टका रुपमा उभ्याए । पछि त लेभी भन्नेबित्तिकै फेसन नै बन्यो । हिजोआज लेभी कट्टु समेत पाइन्छ । अनि, यी ज्यादै सस्तो दाममा तयार हुन्छन् तर मान्छेले महँगोमा हालेर किन्न तयार हुन्छ । यस्तै ,नाइक जुत्ता जहाँ सस्तो कामदार पाइन्छन् ,त्यहीँ उत्पादन गरिन्छन् र विश्वभर महँगोमा बेचिन्छ ।

रोचक कुरा त के भने वारेनले यी सबै उत्पादनहरुको महँगो बिज्ञापन बनाउने बिज्ञापन एजेन्सी पनि चलाउँछन् । र ती विज्ञापन दिने टेलिभिजन ,रेडियो र पत्रपत्रिका पनि चलाइरहेका छन् । अर्थात ,आफ्नो पैसा आफ्नै वरिपर घुमिरहन्छ । नेपालका कैयौ विज्ञापन एजेन्सीले विदेशी कैयौ राम्रा एजेन्सीको नाँउको प्रमाणपत्र पाएबापत वार्षिक लाखौँ रुपियाँ रोयल्टी तिर्ने गर्दछन् । उनीहरुले तिर्ने रोयल्टीमध्ये केहि चाहिँ वारेनको पकेटमा पनि जान्छ । अमेरिकाको पाँचौ सबैभन्दा ठूलो विज्ञापन एजेन्सी कम्पनी ओजिल्भी समूहको ३१ प्रतिशत सेयर वारेनले किनेका छन् । त्यस्तै ,अमेरिकाको चर्चित टेलिभिजन कम्पनी एबिसी –अमेरिकन ब्रोडकास्टिङ कर्पोरेसन) को माउ कम्पनी क्यापिटल सिटिज पनि उनकै हातमा छ । यस्तै ,बफेलो इभिनिङ न्युज , वासिङ्टन पोष्ट, लस एन्जेलस टाइम्स,टाइम्स मिरर मात्र उनका १३४ वटा पत्रपत्रिका छन् । वारेनले टाइम इन्क कम्पनीमा पनि लगानी गरेका छन् , जसले टाइम म्यागेजिन निकाल्छ ।त्यस्तै ,पिपल ,स्पोर्ट्स् इलुस्टे«टेड लगायतका कैयौं पत्रिका निकाल्ने गरेको छ । पछि टाइम कम्पनी वार्नर ब्रदर्स नामक फिल्म कम्पनीमा मर्ज गरियो । यतिबेला अमेरिकन अनलाइन –एओएल) र टाइम वार्नर पनि एकै ठाँउमा मिसाइएको छ । रिडर्स डाइडेस्ट नामक पत्रिकाको २० प्रतिशत सेयर वारेनकै हातमा छ ।

यस्तै ,अमेरिकामा विज्ञापन गर्ने सबैभन्दा गतिलो माध्यम डाइरेक्ट मेल हो । तपाईंको घरमा चिठ्ठीपत्र पुगेसरी पिज्ञापन सामाग्री पु¥याउने यो कम्पनीबाट वारेनले ठूलो नाफा कमाउँछन् । ठूलो होर्डिङ र्बोड –बिलबोर्ड) राख्ने कुरामा पनि वारेनको चासो छ र त्यसमा उनको लगानी छ । त्यस्तै ,न्युयोर्क सहरमा झिलिमिली गरी बल्ने कैयौं आउटडोर विज्ञापन प्रणाली –एक लाख १२ हजार वटा ) वारेनकै कम्पनीमार्फत बल्ने गर्छन् ।
अब लामो सास फेर्नुस् र भन्नुस् , वारेनसँग सक्छ कसैले ?

Facebook Comment