हरेक युवालाई उद्यमशील बनाउँदै रोजगारी प्रदान गर्नलाई पहिलो प्राथमिकतामा राख्नेछौं

Spread the love
  •  
  •  
  •  

प्रदेश १ का लागि संघीय सरकारले वित्तीय समानीकरण अनुदानतर्फ ८ अर्ब १६ करोड ३३ लाख र राजस्व बाडफाँटतर्फ १० अर्ब २७ करोड ९८ लाखको सिलिङ तोकेको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो

विकासका सन्दर्भमा संविधानले तीनतहका सरकारलाई आ-आफ्नो जिम्मेवारी र दायित्व सुम्पिएको छ । जनतालाई नजिकबाट सेवा गर्ने र साना काम गर्ने स्थानीय सरकारको काम हो । मझौला खालका परियोजनाको काम प्रदेशले गर्छ । ठूला र राष्ट्रिय गौरभका आयोजना संघीय सरकारका हुन् । तर, अहिले तीन तहका सरकारले एउटै काम गर्ने र उस्तै योजनामा बजेट खर्च गर्ने काम भइरहेको छ । तीन तहको सरकारको योजनामा तारतम्य मिलोस् ।

तीनतहको बजेट एकै ठाउँमा डुब्लिकेसन भएको छ । कस्तो पनि भेटियो भने एउटै योजनामा तीन तहका सरकारले बजेट विनियोजन भएको छ । हामी सबै आफ्नो कार्यक्षेत्रमा र्फकंदा मझौला र जनतासँग जोडिएका विकास निर्माणको दायित्व प्रदेशमा आउँछ ।आउँदो वर्ष हामीले कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायिक गर्ने, बजारको सुनिश्चित हरेक युवालाई उद्यमशील बनाउँदै रोजगारी प्रदान गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नेछौं ।

दोस्रो प्राथमिकता पर्यटन प्रर्वद्धन हो । प्रदेश १ का पर्यटकीय क्षेत्रहरुमा भौतिक पूर्वाधार बनाउँछौं । तेस्रो प्राथमिकता उर्जा, भौतिक पूर्वाधार विकास हो । त्यस्तै, औद्योगीकरणलाई प्राथकितामा राखेर गरिबी निवारण र बेरोजगारी अन्त्य गर्दै शिक्षा स्वास्थ्य र खानेपानीमा सहज पहुँच पुर्‍याउने व्यवस्था आगामी बजेटमा गर्छाैं ।

Facebook Comment