सिटिजन्स बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Spread the love
  •  
  •  
  •  

corporatebazar  – सिटिजन्स बैंकले काठमाण्डौ उपत्यका भित्रका विभिन्न स्थानमा रक्क्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

१२औं वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा कुल ५ सय ६६ जना व्यक्तिहरुले रक्तदान गरेका छन् ।

१२औं वार्षिकोत्सवको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको “रक्तदान जिवनदान” को नारालाई सार्थक बनाउदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हो ।

बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र विर्तामोड गरी कुल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

हालसम्म बैंकले ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comment