मनिसलाई प्रभावित पार्ने कला : वारेन बफेट

Spread the love
  •  
  •  
  •  

corporatebazar – सन् १९९४ को मे महिनामा बर्नेट हेल्जबर्ग जुनियरले न्युयोर्कको फिफ्थ एभेन्युको एउटा विशाल घरमा पाइला टेक्दै गर्दा एउटी महिलको चर्को आवाज सुनेर्, वाह! वारेन बफेट! लु , मैले त कल्पनै गरेको थिइनँ । बर्नेट टक्क केहिबेर अडिए र पछाडि फर्किए हेरे । पछाडि टेलिभिजनमा देखिने, पत्रिकामा पढिने वारेट बफेट नै थिए। महिलाले वारेन्टसँग यसरि कुरा गरिरहेकी ,मानौँ उनका अघिल्तिर देउता नै प्रकट भएको होस् ! कुरा ुसकिएपछि वारेनले बिदा मागेर अघि बढ्दै गर्दा हेल्जबर्गले केही क्षणका लागि सोचे, यो व्यक्तिलाई सित्तिमिति फेला पार्न सकिँदैन । यहिँ मेरो बिजनेस डिल किन नगरुँ !

त्यसपछि उनी वारेनछेउ पुगे । आफ्नो परिचय दिदैँ भने, मेरो पुस्तौंपूस्तादेखि चलिआएको एउटा हीराका गरगहना बेच्ने कम्पनीको चेन छ । यतिबेला कम्पनीको अवस्था उति राम्रो छैन । लपाईसँग कम्पनीका बारेमा छलफल गर्न पाए हुन्थ्यो । तपाईलाई रुचि लाग्यो भने फोन गर्नु होला र्। बर्नेटले आफूसँग भएको बिजनेस कार्ड वारेटलाई दिए ।

वारेटले भने ,हुन्छ ।अहिले त म अलिहतारमा छु । तपाईसँग बसेर गफ गर्न मन छ।
ह्वाट आइ लन्र्ड बिफोर आइ टु वारेट बफेट पुस्तकमा बर्नेट हेल्जबर्ग लेख्छन् ,मैले सोचेको थिएँ , संसारकै धनि यो मान्छेले मलाई के फोन गर्ला र! त्यसैले मैले कम्पनीको कठिनाइका बारेमा सोच्न छाडेर कम्पनीलाई कसरि सुधार गर्न सकिन्छ भन्ने बिषयमा नै छलफल गरेँ।!
बर्नेटको समस्या के थियो भने उनको पुस्तौदखि चलिआएको यो कम्पनीमा उनका सन्तानले कुनै चासो राखेनन् । कम्पनीका कैयौ शाखा अमेरिकाका विभिन्न सहरमा थिए । त्यतिकै बन्द हुनुभन्दा एउटा राम्रो कम्पनीले उसलाई लिइदियो भने उसको शाख बचिरहन्थ्यो । त्यसैले वारेनजस्ता अनुभवी कम्पनी सञ्चालकको जिम्मा लगाउने उनले सोच बनाएका थिए।

एक सातापछि वारेनले आफैँ बर्नेटलाई फोन गरे र भने , ‘तपाईको कम्पनीका बारेमा मैले राम्रो कुरा सुनेँ । तर म आफैँलाई चाई तपाईको कम्पनी र तपाईबारे त्यति राम्रो जानकारी छैन ।बरु कम्पनीका बारेमा केही लेखेर दिनुस् न!’

बर्नेटले पनि एउटा औपचारिकता पूरा गर्न कम्पनीको आयव्यय विवरणदेखि अमेरिकाभर भएका यसका शाखाका बारेमा जानकारी दिँदै इमेल पठाइदिए । त्यसको ठिक एक हप्तापछि वारेनले उनलाई फोन गरेर ओमाहामै आएर छलफल गर्न निम्तो दिए ।

ओमाहाको विमानस्थलमा वारेनले उनलाई नै लिन गएर हेल्जबर्गलाई त्यहाँ चकित पारिदिए । आजसम्म कुनै अर्बपतिले अनलाई विमानस्थलमै लिन आएको थिएन । ओमाहासस्थित वारेनको अफिसमा छलफल गरेपछि केहि मिनेटमा नै हेल्जबर्गले कम्पनी वारेनलाई बेच्नेबारेमा छिनोफानो गरे । बर्नेटले चाहेको रकम नै वारेटले दिने भए । यति चाँडो उनले जीवनमा कुनै कूराका बारेमा पनि छलफल सिध्याएका थिएनन्। बरेनको दुवै पक्ष जित्ने यो किसिमको निणर्यबाट मख्ख र्पदै बर्नेट ट्याक्सीमा चढेसिछ ट्याक्सीवालाले सोध्यो ,बजुर कुनै कम्पनी बेच्न आउनु भएको हो की वारेटको कुनै कम्पनीमा जागिर खान आउनु भएको हो ?
बर्नेटले सोधे, किन?
ट्याक्सीवालाले भन्यो , तपाई कुनै कम्पनी बेच्दै हुनुन्छ । त्यो कम्पनीको नाउँ थाहा पाउन पाए, म भोलि नै त्यसको सेयर किन्नृे थिए। बर्नेट चकित परे । ओमाहाका ट्याक्सी चालक पनि सेयरका बारेमा यति चलाख छन् भन्ने उनलाई थाहा थिएन। उनले आफू कुनै कम्पनीको जागिरे भएको भनेर ढाँटे ।

बर्नेटले वारेटको प्रसंशा गर्दै दुईपक्षलाई नै जिताउने वारेनको बिजनेस गर्ने डिलबाट ज्यादै प्रभावित भएको भनी आफ्नो पुस्तकमा लेखेका छन् ।
यो कम्पनी बेचेपछि बर्नेट आफू रिटायर्ड हुन चाहे तर कम्पनी चलाउन एकजना सशक्त ब्यक्ति चाहिन्थ्यो । यसका लागि वारेनले बेरिल राफ नामक महिलालाई छाने । बेरिल डलास ज्वेलरी कम्पनीमा काम गर्थिन् । बेरिललाई उनकै एकजना साथीले बर्कसायर हाथवेले किनेको नयाँ कम्पनीमा प्रमुख कार्यकारीको जागिर खाने कि भनेर प्रस्ताप राखेकी थिइन् । उनले पनि हेल्जबर्ग डायमन्ड सपको प्रमुख कार्यकारी भएर काम गर्नु नयाँ अवसर नै ठानिन् । हेल्जबर्ग कम्पनीलाई डायमण्ड किङ नै भनिन्थ्यो । यस्तो ठाउँमा काम पाउनु पनि उनका लागि अहोभाग्य थियो
बेरिलले लामो समयदेखि वारेन र उनको कम्पनीको प्रशंसा गरिरहेकी थिइन् । उनको कम्पनीमा काम गर्ने मानिसहरु साँच्चिकै उम्दा हुन्छन् मन्ने उनलाई थाहा थियो र त्यो सूचिमा आफू परेकोमा मख्ख पनि थिइन । यो उनको जीवनको सबैभन्दा ठूलो र महत्पूर्ण अवसर पनि हुन सक्थ्यो ! त्यसैले उनी वारेनसँग भेटेर काममा बारेमा छलफल गर्न तयार भइन् । यसका लागि उनी ओमाहास्थित उनकै कार्यालय जानुपर्ने खबर आयो ।
सबैभन्दा आश्चर्य त वारेन उनलाई लिन विमानस्थल आइपुगेका थिए । आफूले ज्यादै मानेको व्यक्तिका अघिल्तिर उनी ज्यादै नर्भस थिइन् तर वारेनले उनलाई सहज बनाए । पछि बेरिलले भनेकी छन् , ‘वारेन निकै हास्यरसले युक्त रहेछन्। उनले मलाई अप्ठ्यारो हुन दिएनन् । एक घण्टामै उनले मलाई सहज वातावरण बनाइदिए । उनले मसँग ज्वेलरी व्यापारका कैयौं कुराहरु सोधे, मलाई थाहा भएका कुराहरु उनलाई बताइदिएँ ।’

यसपछि उनीहरु ओमाहा कन्ट्री क्लबमा खाना खान गए । वारेनले बेरिललाई ओमाहाका महत्वपूर्ण ठाउँहरु घुमाइदिए । वारेनले उनलाई जागिरको प्रस्ताव पनि राखे । बेरिलले उनलाई भनिन्, ‘तपाईंको प्रस्ताव त असाध्य राम्रो हो तर मलाई केहि समय सोच्न दिनुहास।्’ तीन दिनपछि उनले वारेनलाई फोन गरेर तपाइको प्रस्ताव स्वीकार गरेँ भनेर जवाफ दिइन् ।वारेनले पनि आफूलाई मन परेको व्यक्तिका बारेमा राम्रो रिसर्च गरिसकेपछि उसलाई कसरी फकाएर आफ्नो काम जिम्मा दिने भन्ने बिषयमा सोचिसकेका हुन्छन्। त्यसैले उनले चाहेका व्यक्तिहरुले आर्कषक प्रस्ताव पाएपछि ‘नाइँ’ भन्नै नसक्ने अवस्थामा पुग्छन् । यस्तो प्रभाव पार्ने कला वारेनमा छ । सायद यही कारणले पनि उनका बारेमा प्रशंसा गर्नेहरु नै बढि पाइन्छन् ।

वारेनलाई पहिलो भेट आकर्षक हुनुपर्छ भन्ने थाहा छ । पहिलो भेटमा व्यक्तिसँग हल्का , हास्यरसले पूर्ण ,मैत्रीपूर्ण र अरुलाई सहज किसिमले कुरा राख्नदिने किसिमको व्यवहार गर्नुपर्छ भन्ने थाहा छ । पछि बेरिलले भनेकी छन् र्, पहिलो भेटमा नै यो व्यक्तिसँग मिलेर काम गर्न पाए त गज्जबै हन्थ्यो भन्ने प्रभाव प¥यो र केहि दिनपछि मैले उनको प्रस्ताव स्वीकार गरेँ ।’

पछि वारेनले बेरिललाई आफनो नयाँ परिवार र नयाँ सन्तानजस्तो व्यवहार गरे । त्यसपछिका दिनमा उनको एउटै मात्र डर हुथ्योर्, कतै मेरो कारणले वारेनको चित नदुखोस ।’ कुनै कम्पनीमा आफ्नो बोसको चित्त नदुखाउनेबारे सोच्ने कर्मचारी फेला पर्न थालेपछि त्यो कम्पनीको वातावरण नै बेग्लै हुन्छ ।

तर त्यसका लागि पनि वारेनले अघिल्तिर उभिएको व्यत्तिलाई उत्ति नै मिहिनेतपूर्वक तयार पारेका हुन्छन् । उसले कतै आफ्ना प्रस्तावलाई लात नहानोस् भनेर मिहिनेत गरेका हुन्छन् ।

उनको कम्पनी संसारभर ८८ वटा छ । ती ८८ वटा कम्पनीका प्रमुख कार्यकारीलाई बर्षमा एक दिन मात्र भेट्ने समय दिन सक्छन् वारेनले । त्यो भेट प्रेरक रहोस् भन्ने वारेनको पनि चाहना हुन्छ ।कतिपय मानिहरु उनलाई त्यत्तिकै भेट्ने चाहनाले आएका पनि हुन्छन् ।त्यसो त उनीजस्तो विश्वप्रख्यात व्यक्तिलाई भेट्ने कसले पो नचाहला ! कसले पो उनीसँग नारिएर फोटो खिचाउने रहर नराख्ला! त्यसैले उनी आफ्नो समय अरुले नमिचिदियोस् भन्ने चाहान्छन् । संसारका प्रतिभाशाली व्यक्तिलाई भेटेर उनीहरुबाट प्रभावित हुन वारेन पनि चाहान्छन् । त्यसैले उनी आफूलाई पनि पहिलो प्रभाव साँच्चिकै राम्ररी पार्ने व्यक्तिसँग मात्र भेट्ने चाहन्छन । अनि जोसँग उनी प्रभावित हुन्छन् ,उनलाई आफैले फोन गर्छन््।
सन् १९८९ को एक साँझ पिटर लिन्चको घरमा फोन बज्दा लिन्चकी माइली छोरी एनीले फोन उठाइन् ।उनी छक्क परेकी थिइन् । उनले फोनको रिसिभरमा हात राख्दै बाउलाई साउतीको भाषामा भनेकी थिई र्,बाबा वारेनको बफेटको फोन !’
लिन्च पनि छक्क परे । व्यवस्थापनमा खारिएका व्यक्ति पिटर लिन्च समेत वारेनको फोन आउँदा होइन होला भनेर नीच मार्छन् जब कि मानिसहरु उनको फोन आयो भने ईश्वरले स्वर्गैबाट ग¥यो कि क्या हो भनेर सोच्छन् ।

त्यसपछि हतारहतार लिन्चले फोन लिएर ‘हेलो’ भनिहाले ।र् म वारेन बफेट बोलेको, ओमाहाबाट ! ’ वारेनले आफूलाई को वारेनको वारेन भन्लान भनेर ‘ओमाहा ’जोडिहाले । वारेनले किन फोन गरे होलन त ? अँ खुसी लाग्यो तपाईले सम्झनुभयो‘, पिटरले जवाफमा भने।
तपाईं समय किन बंर्बाद गरुँ ? वारेन भने, तपाईंले भर्खरै लेख्नुभएको किताब पढेँ व्यवस्थापनसम्वन्धी । यति राम्रो कुरा मेरो बर्कसायरको वाषिक रिपोर्टमा राखूँ कि भनेर तपार्इँ अनुमतिका लागि फोन गरेको र्! यति सानो कामका लागि वारेन आफैँले फोन गरेका ? यो काम त उनका सहयोगीले फोन गरेर अनुमति मागेको भए उनले दिन्न पनि भन्दैथिए होलान् !

पिटर लिन्चले पछि लेखेका छन , वारेन किन यी सबै काम आफैँ गर्न खोज्छन् किनभने उनलाई यस्तो गर्न मज्जा लाग्छ । उनी जे पनि गर्छन्, दिलबाट गर्छन् । मान्छेसँग डिल गर्नु मानिसहरुका अघिल्तिर आफ्ना कुरा राख्नु उनलाई मन पर्छ । उनले कम्पनीमा निरन्तर देखाएको अनुशसन, धैर्यता ,लचकता, साहस ,आत्मविश्वास र निर्णयक्षमताका कारण आज बर्कसायर यति माथि पुगेको छ। यो धेरै कम्पनीको सपनाको उचाइमा पुगेकोछ र्।

Facebook Comment