माछापुच्छ्रे बैंकले माग्यो ११५ जना कर्मचारी

Spread the love
  •  
  •  
  •  

corporatebazar – माछापुच्छ्रे बैंकले भारी संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट गरी ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ ।

म्यानेजमेन्ट ट्रेनी पदका लागि म्यानेजमेन्टमा मास्टर्स डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवदेन दिन सक्नेछन्, भने ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि म्यानेजमेन्टमा ब्याचलर डिग्री उत्तीर्ण गरेका र ३० वर्ष उमेर ननाघेकाहरुले आवेदन दिन सक्ने छन् ।

आवेदन दिन इच्छुकले कार्तिक १३ गते भित्रमा बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सक्नेछन् ।

Facebook Comment