नेपाली बैंकका एटिएम ह्याकिङबारे नेप्स बोल्यो: भन्छ – ‘अनुसन्धान हुँदैछ’

Spread the love
  •  
  •  
  •  

corporatebazar – गत शनिबार चिनियाँ ह्याकरहरुले नेपाली बैंकका एटीएमबाट स्वीच ह्याक गरी करोडौं रुपैयाँ निकालेको घटनाबारे स्वीचिङ कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले मुख खोलेको छ ।

नेप्सले बुधबार एक विज्ञप्ती जारी गर्दै कम्पनीका केही सदस्य बैंकका विभिन्न कार्डहरुबाट अन्य भिसा नेटवर्क अन्तर्गतका एटीएम मेसिनहरुबाट अनाधिकृत रुपमा नगद रकम निकालिएको सन्दर्भमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस सम्बन्धमा कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमनकारी निकाय आदिसँग समन्वय गरी अनुसन्धान गरिरहेको नेप्सले जनाएको छ ।

केही समयका लागि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम वा पीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार प्रयोग गर्न अनुरोध गर्दै कम्पनीले उक्त घटनाबाट कुनै पनि ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको जानकारी दिएको छ ।

Facebook Comment