‘आफ्नो टोल आफैं बनाऔं’ भन्ने मुल नारा लिएर पत्रकार न्यौपानेको पहलमा विकास निर्माणको कामले गति लिँदै

Spread the love
  •  
  •  
  •  

corporatebazar – सामाजिक अभियन्ता तथा पत्रकार रामशरण न्यौपाने यतिबेला काठमाडौंको तारकेश्वरमा विकास निर्माणको काममा खटिएका छन्।

न्यौपाने नविननगर टोल विकास तथा उपभोक्ता समितिका अध्यक्ष हुन् । सानै उमेरदेखि सामाजिक कार्यमा रुची राख्ने न्यौपानेले आफनो टोल आफैं बनाऔं भन्ने मुल नारा लिएर अगाडी बढेका छन् ।

उनको पहलमा विभिन्न समयमा स्वास्थ्य शिविर, शिक्षा, रक्तदान कार्यक्रम, मोटिभेस्नल कार्यक्रम, सांस्कृतिक कार्यक्रम, सरसफाइ तथा जनचेतनामुलक कार्यक्रमहरू हुँदै आएका छन् ।

सामाजिक क्षेत्रमा कसरी लाग्नुभयो भन्ने प्रश्नमा न्यौपानेले भने ‘सामाजिक क्षेत्रमा लाग्न आफ्नो भित्रैदेखिको चाहना थियो’ । मानिस भएर जन्मेपछि समाज, देश र जनताको लागि केही गर्न सकेमात्र मानव भएर जन्म लिएको सार्थकता पाउने उनको धारणा रहेको छ ।

सरकार वा अरु कसैको मुख ताकेर हुँदैन यदि समृद्ध नेपाल बनाउने हो भने हामी आफैंबाट सुरु गर्न आवश्यक छ, उनी भन्छन् ।

समाज विकास हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? त्यसकारण अब अरुलाई दोष दिएर मात्र हुँदैन हामी आफैंबाट टोल–टोलबाट विकासको अभियान सञ्चालन गर्न सकेमा देश छिट्टै समृद्ध हुने भएकाले यस क्षेत्रमा लागिरहेको छु, उनी थप्छन् ।

पहिला टोल, गाऊँ, त्यसपछि वडा, सिंगो नगरपालिका, जिल्ला र देशकै विकासमा लाग्नुपर्छ । तबमात्र देश समृद्ध बन्छ । नाराले मात्र हुन्न, नारालाई कार्यान्वयन गर्न वडादेखि नै समृद्ध नेपालको अभियान सञ्चालन गर्नु आजको आवश्यकता हो, उनी भन्छन् ।

स्थानीयहरु पनि विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको हुँदा नविननगरलाई साँच्चीकै नमुनानगर बनाउन तिव्रताको साथ अगाडी बढिरहेको बताउँछन् ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा समाजका गरिव र निमुखाका छोराछोरीलाई शिक्षाबाट बञ्चित नहोउन भन्नका लागि नविननगरमा कक्षा १० सम्म निःशुल्क शिक्षा दिने कार्यको थालनी गरिएको छ ।

साथै उपचार गर्न नसकेका र उपचार गर्दागर्दै अस्पतालबाट घर फर्किन नपाएका गरिवहरुको उपचारमा सहयोग गर्ने कार्यको थालीन गरिएको छ । यसकार्यमा उनलाई टोलबासीको पनि साथ रहेको छ ।

Facebook Comment