म के किनु सरकार !

Spread the love
  •  
  •  
  •  

corporatebazar – कैलाश बाबु गेलाल

“म के किनु सरकार!” घर जग्गा किन्ने भनि हिँडे, कित्ता काट नै भएन ।

म के किनु सरकार! सेयर किन्ने भनि हिँडे, मुल्य बढ्ने कुनै कुरै भएन ।

म के किनु सरकार! गाडी किन्ने भनि हिँडे, बैंक ले लोन दिने कुरै गरेन ।

म के किनु सरकार! अत्ती भो अब त सुन नै किन्नु परो भनि हिँडे किन्न सक्ने हिम्मत नै भएन ।

म के किनु सरकार! अली अलि भएको जम्मा पारेको बचत नि कर तिर्दा तिर्दै केहि किन्नै सकिन ।

म के किनु सरकार! तिमी त किन्दै छौ रे आलिसान बाङ्ग्ला र गाडी, भएका जोसिला युबा पनि लखेट्दै छौ रे खाडि!

म के किनु सरकार! तेही आशमा पर्खी रहेकी छिन आमा, छोरो फर्की आउला र ल्याउला साडी!! म के किनु सरकार!

Facebook Comment