मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का

Spread the love
  •  
  •  
  •  

corporatebazar – मर्जर र प्राप्तीमा जाने बैंकहरुको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरको सम्झौता गरिसकेका बैंकहरुको शेयर कारोबार रोक्का गरेको हो ।

कारोबार रोक्का हुनेमा ग्लोबल आइएमइ बैंक, जनता बैंक नेपाल र कैलाश विकास बैंक रहेका छन् । मर्जरको सम्पुर्ण प्रकृयाहरु पुरा भइसके पश्चात यी बैंकहरुको पुनः शेयर कारोबार सुचारु गरिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जनाकारी दिए ।

मर्जरको प्रकृयामा रहेका र प्राप्ती हुने बंैक तथा वित्तीय संस्थाहरुले मर्जर तथा प्राप्ती सम्बन्धी सम्पुर्ण प्रकृया पु¥याएर राष्ट्र बैंकबाट लिखित स्वीकृति लिएर नेप्सेमा पेश गरे पश्चात कारोबार पुन सुचारु हुने उनले बताए ।

 

Facebook Comment