अफ्रिकी परियोजनाका लागि चिनियाँ विकास बैंकद्वारा ३ अर्ब २० करोड डलर ऋण स्वीकृत

Spread the love
  •  
  •  
  •  

बेइजिङ– चिनियाँ विकास बैंक (सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ ।

सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा) सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ ।

सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् ।एजेन्सी

Facebook Comment