बुटवलमा भूकम्प मापन यन्त्र जोडियो

Spread the love
  •  
  •  
  •  

corporatebazar – विद्यालय भूकम्प शिक्षा कार्यक्रमअन्तर्गत बुटवलमा भूकम्पमापन यन्त्र जडान गरिएको छ ।

बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलमा भूकम्पमापन गर्ने उपकरण सिस्मोमिटर जडान गरिएको हो ।देशभर २२ वटा विद्यालयमा जडान गरिँदैछ ।

स्विजरल्याण्डको लुजान विश्व विद्यालय र विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमले एक लाख रुपैयाँ मूल्य पर्ने सिस्मोमिटर विद्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।

सिस्मोमिटरले एक म्याग्निच्युटको भूकम्प ४० किलोमिटर आसपाससम्म, ४ म्याग्निच्युटको नेपालभर र ८ म्याग्निच्युटसम्मको भूकम्प विश्वभरको मापन गर्न सक्छ । यो उपकरणले दिने जानकारी मोबाइल एप्लिकेसनमार्फत पनि हेर्न सकिन्छ ।सिस्मोमिटर जडान उद्घाटन गर्दै स्वीजरलयाण्डमा भूकम्प विज्ञानमा विद्यावारिधि गर्दै गरेका वैज्ञानिक एवं विद्यालयमा भूकम्प शिक्षा कार्यक्रमका अध्यक्ष शिव सुवेदीले अबको भूकम्प पश्चिम नेपालमा जुनसुकै बेला आउन सक्ने र ०७२ भन्दा अझ बढी शक्तिशाली आउने बताए ।

न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले भूकम्पमापन यन्त्र जडान र यसले जानकारीबारे बुझाउन ४ जना शिक्षक/शिक्षिकालाई तालिम दिइएको बताए ।

Facebook Comment